लण्डन । हरेक वर्ष लण्डनको केन्द्र भाग ट्राफालगर स्क्वायरमा बुद्धजयन्ती मनाउँदै आएको बुद्ध फाउण्डेसन युकेले कोरोना भाइरसका कारण यसवर्ष भर्चुअल रुपमा बुद्धजयन्ती मनाउने भएको छ ।
फाउण्डेसनले गत वर्ष पनि कोरोनाका कारण बन्दाबन्दी भएपछि ट्राफालगर स्क्वायर लण्डनमा कार्यक्रम गर्न सकेको थिएन ।
फाउण्डेसनले अन्तर्रास्ट्रिय स्तरमा नेपाली दुताबास बेलायतको समेत सहभागितामा बुद्धजयन्ती मनाउँदै आएको थियो ।
फाउण्डेसनले २५६५ औं बुद्धजयन्तीको अवसरमा कोरोनाको माहामारीबाट सम्पूर्ण मानव जगतले मुक्ति र विजय प्राप्त गरोस् भन्ने शुभकामना ब्यक्त गरेको छ । संस्थाले गरिआएको कार्यक्रमहरु कोभिड १९ साम्य भएपछि पुन: सुचारु गरिने जानकारी दिएको छ ।
यसपटक हामीले विश्व शान्तिको कामना गर्दै भर्चुअल माध्यमबाट बुद्ध जयन्ती २०२१ को शुभकामना ब्यक्त गर्ने कार्यक्रम आयोजना गरेको फाउण्डेसनले जनाएको छ । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यमा आगामी आईतबार ३० मे २०२१ दिनको ११ बजे सो कार्यक्रम आयोजना गरिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने