लण्डन । अल्डरशटमा एक शिशुलाई घात गरेको अभियोगमा एक नेपाली महिलालाई अदालतले दोषी ठहर गरेको छ ।
बेलायतको विन्चेस्टर क्राउन कोर्टले दुई हप्ता लामो अदालती सुनुवाईपछि विहीबार २४ वर्षीया बबिता राईलाई दोषी ठहराएको हो ।
अदालतले उनलाई हत्याको दोषी भने ठहर गरेन ।
बेलायतको शिशुघात ऐन १९३८ अनुसार एक वर्षमुनीको आफ्नै बच्चालाई मारेमा प्रसुतीबाट मानसिक र शारीरिक रुपमा रुपमा पूर्ण सन्चो भई नसकेको अवस्था भन्दै जुरीले हत्या नभई शिशुघात मान्न सक्ने प्रावधान छ ।
शुक्रवार १९ मे २०१७ दिउँसो १. ३० बजे अल्डरशटको मनोर पार्कमा नवजात शिशु (बालिका) को शव भेटिए लगत्तै प्रहरीलाई जानकारी दिइएको बारेमा अदालती सुनुवाई भएको थियो।
राईलाई के कति सजायँ हुन्छ भने जुलाई १९ मा मात्र थाहा हुनेछ ।
९ मार्च २०२० मा प्रहरीले उनलाई पक्राउ गरेको थियो । ७ जुलाईमा २०२० मा उनलाई अभियोग लगाइएको थियो । राईलाई शिशुको घात गरेको र हत्या गरेको दुईवटा अभियोग लगाइएको थियो ।
राई सन् २०१७ मा परिवारसहित बेलायत आएकी थिइन् । स्थानीय जीपीसित उनले आफू गर्भवती नभएको बताएकी थिइन् । तर उनले मे १५ वा १६ २०१७ को राति मनोर पार्कमा दुई वटा रुखको बीचमा बच्चा पाएको सरकारी वकिल आडम फिस्ट क्यूसीले बताएका थिए । बच्चा जन्मेको स्थानबाट करिब ९० सेन्टीमिटर शिशुको शव पार्कमा मर्मत गर्ने कामदारले १७ मेमा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
शिशुको मृत्यु टाउकोमा चोटका कारण मस्तिस्क तथा ढाडमा रक्तस्रावबाट भएको बताइएको छ ।
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]