लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको यही जुन १३ मा हुने पाँचाैँ अधिवेसनका लागि वरिष्ठ पत्रकार भगिरथ योगीलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
महासंघ केन्द्रीय समितिले बुधबार योगीलाई केन्द्रीय प्रतिनिधि मनोनयन गरेको हो ।
सो लगत्तै योगीले शाखामा देखिएका विवाद अन्त्य गरी सर्वसम्मतिमा नयाँ कार्यसमिति चयनका लागि पहल सुरु गरेको बताएका छन् ।
शाखाको ९ मे २०२१ मा सम्पन्न पूर्ण कार्यसमितिको बैठकले भर्चुअल रुपमा १३ जुनमा पाँचौ अधिवेशन गर्ने निर्णय गरेको थियो । साथै नयाँ कार्यसमिति चयनका लागि रमेश साराङकोटीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिले नियमावली प्रकाशन गरेपछि शाखाका महासचिव सन्जयभक्त कँडेलले उक्त नियमावली कार्यसमितिको बैठक विपरीत भएको भन्दै विज्ञप्ति निकाले पछि विवाद देखिएको थियो ।
‘महासंघ बेलायत शाखालाई एकतावद्ध गरी सहमतिमा नयाँ कार्यसमिति गठन गर्न नेपाल पत्रकार महासंघको निर्देशनअनुसार महासंघ युके अध्यक्ष नरेश खपांगी मगरलगायतका सबै पक्षसँग वार्ता गरी सहमतिमा पुग्ने विश्वास छ,’ केन्द्रीय प्रतिनिधि योगीले भने । “सदस्यता शुद्धीकरण कार्यान्वयन समितिको संयोजकको रुपमा काम गर्न साथीहरुले जसरी सहयोग गर्नु भएको थियो, अधिवेशनको प्रक्रिया पनि पारदर्शी र सर्वसम्मत ढंगले संचालन गर्न सबै साथीहरुको साथ र सहयोग प्राप्त हुने मैले विश्वास लिएको छु,” उनले भने।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा