काठमाडौँ। बेलायतले नेपालको स्वास्थ्य क्षेत्रमा सघाउने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज भएको अप्रत्यक्ष बैठकमा बेलायती विदेश राज्यमन्त्री लर्ड अहमदले नेपालको स्वास्थ्य क्षेत्रका साथै अन्य क्षेत्रमा बेलायती सरकारले निरन्तर सहयोग गर्ने बताउनुभएको हो ।
दुवै देशका मन्त्रीले नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सघन एवं सुदृढ तुल्याउनाका साथै जलवायु परिवर्तनलगायत साझा चासोका विषयमा निकट सम्पर्कमा रहेर काम गर्न सहमति जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सामान्यावस्था र अहिलेको कठिन परिस्थितिमा नेपाललाई सहयोग गरिएकामा बेलायत सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै मन्त्री ज्ञवालीले कोभिड –१९ को अकल्पनीय वृद्धिविरुद्ध लड्न नेपाललाई खोपसहित अन्य सहायता अत्यावश्यक भएकामा जोड दिनुभयो ।
बैठकमा नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धका विविध पक्षका साथै विकास सहायता र विशेष रुपमा कोरोना भाइरसका सन्दर्भमा छलफल भएको थियो । दुवै मन्त्रीले महामारीविरुद्ध एकार्काप्रति ऐक्यबद्धता जनाउनुभएको थियो ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश