लण्डन । अर्घाखॅाची समाज यूकेको भेला सम्पन्न भएको छ ।
जुम लिन्कद्वारा गरिएको भेलाको अध्यक्षता अर्घाखॅाची समाजका अध्यक्ष बालकृष्ण भुसालले गरेका थिए ।
भेलाले नेपालमा कोरोना महामारी फैलिएसंगै स्वास्थ्य सामग्रीको अभाव भएपछि उत्पन्न समस्याहरुको बारेमा छलफल गरेको थियो ।
समाजले कोभिड पिडितको सहयोगार्थ आर्थिक संकलन सुरु गरिसकेकोले यसलाई व्यापक बनाउने निर्णय गरेको छ । वर्तमान अवस्थामा विदेशमा रहेका नेपालीहरुको सहयोगको ठूलो अर्थ रहने बताउँदै एकजुट भएर आर्थिक संकलनमा लाग्न जोड दिन र सहयोग गर्न समाजका अध्यक्ष भुसालले सबैलाई अनुरोध गरे ।
भेलाले एआरएनए युकेमार्फत नेपाललाई £700 सहयोग पठाउने र बाँकी संकलन गरिएको सबै रकम सीधै अर्घाखॅाची अस्पतालको सहयोगको लागी पठाउने निर्णय गरेको छ ।
बैठकमा डा. उत्तम कक्षपतीले कोरोना भाईरसको बारेमा राम्रोसँग जानकारी गराउनु भएको थियो । उक्त बैठकमा अर्घाखॅाची समाजका सल्लाहकारहरू जीव बेल्वासे, तुङ्ग भुसाल, दामोदर आचार्य, केशव रानालगायतले आफ्ना विचार र सुझावहरू राख्नु भएको थियो ।
समाजका उपाध्यक्ष सुशील गौतम र सचिव हरि पौडेलले पनि आफ्ना भनाइहरू राख्नुभएको थियो ।
भेला सम्पन गर्न रेशम बस्यालले विशेष सहयोग गर्नु भएको थियो ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश