जेन्स युके अध्यक्ष भट्टराईको कार्यसमिति पुन: निर्वाचित


लन्डन । ग्राजुएट इन्टरपेनर्स नेप्लिज सोसाईटी (जेन्स) यूके अध्यक्षमा तिलक भट्टराई पुन: निर्वाचित भएका छन । आइतबार जुम मार्फत भर्चुअल रुपमा भएको साधारण सभाले कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिलाई मध्येनजर गरि पुरानो कार्यसमितिलाई नै सर्वसम्मत रुपमा आगामी कार्यकालको जिम्मेवारी दिइएको हो ।

जेन्स यूके कार्यसमितिका सल्लाहकार मोहन गुरुङ , डा. मुकुन्द बास्तोला, एलएन पाण्डे, राजेन कंडेल र ललित न्यौपानेलाई पुन सल्लाहकारमा मनोनयन गरिएको छ । भट्टराईको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा उपाध्यक्षत्रय दिपक गैरे, श्याम खत्री र गणेश थापा छन् । महासचिवमा राजेन्द्र भण्डारी, कोषाध्यक्षमा राम थापा र सचिवमा रविन्द्र रानाभाट छन् ।

त्यस्तै, सदस्यहरुमा सूर्यविक्रम केसी, सन्तोष कार्की र राजेन्द्र खस छन् । कार्यसमिति सल्लाहकारमा शालिकराम सापकोटा, लेखनाथ गैरे, लक्ष्मण पाण्डे, बिष्णु चोङबाङ र मैना शर्मा घिमिरे छन् ।

पुन: निर्वाचित अध्यक्ष भट्टराईले जेन्स यूके नेपाली संघसंस्थासँग हातेमालो गरि अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले हालको परिस्थिति परिवर्तन भएपछि कमर्सियल क्षेत्रमा अझ संसक्त ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्ति गरे । जेन्स यूकेमा एकसय भन्दा बढी सदस्य छन् भने २० जना आजीवन सदस्य छन् । जेन्स यूके बेलायतमा रहेका नेपाली इन्टरपेनर्सको साझा संस्था हो । बेलायतभर इबजार तथा प्रविधिको क्षेत्रमा संस्थाले काम गरिरहेको छ । जेन्सले बेलायतमा
प्रविधिको क्षेत्रमा सहुलियत दरमा काम गरिरहेको छ र अब छिट्टै प्रोपटी डेभलपमेन्ट तिर लाग्ने जानकारी अध्यक्ष भट्टराईले दिए । भट्टराईले कोरोना संक्रमणबाट नेपाली समुदायलाई बचाउन विशेष भुमिका निर्वाह गरेको जेन्स युकेले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा खेलेको भुमिकालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री