काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो । नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३औँ सागमा भूटानलाई २३६ रनको लक्ष्य दिएको थियो ।
नेदरल्याण्डसविरुद्धको खेलमा अरु खेलमा जस्तै कुशल भुर्तेलले अद्र्धशतक प्रहार गर्नुभयो । सिरिजमा उहाँले चौथो अद्र्धशतक प्रहार गर्नुभयो । एउटै सिरिजमा चौथो अद्र्धशतक बनाउने उहाँ पहिलो खेलाडी बन्नुभएको छ । भुर्तेलले ७७ रन बनाउनुभयो । उहाँले ५३ बल खेल्ने क्रममा तीन छक्का र आठ चौका हान्नुभयो । यस्तै आशिफ शेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिनुभयो । कुशल मल्लले अद्र्धशतक प्रहार गर्नुभयो । उहाँले २४ बलमा अविजित ५० रन बनाउनुभयो । सो क्रममा मल्लले पाँच छक्का र दुई चौका हान्नुभयो । यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाउनुभयो । उहाँले १८ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गर्नुभयो । बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे वोइसेविनले दुई तथा सेवास्टियन ब्राटले एक विकेट लिनुभयो ।
विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले शुरुआतदेखि नै विकेट गुमाउँदै गयो । नेदरल्याण्डसले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो । उसले आठ ओभरमा छ विकेट गुमाउँदै ४३ रन बनाएको थियो । नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले २० रन बनाउनुभयो । यस्तै कप्तान पिटस शेलारले १३ रन बनाउनुभयो । अन्तिम समयसम्म सेवास्टियन ब्राटले आफ्नो टोलीलाई साथ दिनुभयो । उहाँले अविजित २६ रनको योगदान दिनुभयो । अन्य खेलाडीले भने रन बनाउन सक्नुभएन । नेदरल्याण्डसका दुई खेलाडी रनआउट हुनुभयो ।
बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिनुभयो । लामिछानेले आज पनि उत्कृष्ट बलिङ गर्नुभयो । उहाँले चार ओभरमा २६ रन खर्चिँदै दुई विकेट लिनुभयो । लामिछाने सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बन्नुभएको छ । उहाँले पाँच खेलमा १३ विकेट लिनुभयो ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा