
लण्डन । प्रवासी नेपाली एकता मन्च अन्त्ररास्ट्रिय समितीको अग्रसरतामा हाल स्पेनको भ्रमणम रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा बिश्वभर छरिएर रहेका प्रवासीहरूको समस्याहरुको बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिवार अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा संचालन भएको ेमञ्चका अन्तर्राष्ट्रिय समितीका सचिव तथा अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले गरेका थिए।
अन्तरmित्रयामा मञ्चका पाँच महादेशका नेताहरुको मन्तब्य सुनेपछि तिमिल्सिनाले प्रबासमा रहेका नेपालीहरूको समस्याहरूको समाधानको लागी सहजीकरण गर्ने प्रतिबद्धता गरे। ढुलो संख्यामा प्रवासी श्रमिक रहेका मुलुकहरु दक्षिण कोरिया, मलेसिया, मध्यपुर्वका देशहरू लगायतका देशहरुमा रोजगारी सुरक्षा, नेपाली राजदुतावासको कामलाई प्रभाबकारी बनाउँन उनले आग्रह गरे । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय आम्दानीको मुख्य मेरुदण्डको रूपमारहेको श्रमिक पैठारीलाई अझै प्रभाबकारी र ब्यबस्थित बनाउँन संबन्धित देशहरूसंग सरकारी स्तरबाट बार्ता वा संवाद गर्न समेत नेपाल सरकारलाई सुझाब पुर्याईदिन अनुरोध गरे ।
त्यसैगरी नेताहरुले अमेरिकन, युरोप,अष्ट्रेलियिन क्षेत्रहरूमा रहेका गैरआवासीय नेपालीहरूको अत्यन्तै चासो र सरोकारको बिषय नेपाली नागरिकताको निरन्तरता र यिनीहरुले पाउँने संबैधानिक र कानूनी हक अधिकारहरूको बारेमा समेत गुनासाहरु राखेका थिए ।
यस सम्बन्धमा प्रमुख अथितीले संबिधानको धारा १४ को सिमाभित्र रहेर उक्त धाराले प्रत्याभुती गरेका अधिकारहरूको कार्यन्वयनको लागी संसदमा विचाराधिन रहेको नेपाली नागरिकता ऐनलाई यथासिघ्र गैरआवासीय नेपालीहरूको चाहना र हित अनुकुल पास गराउँन समेत अधिकतम् पहल गर्ने प्रतिबद्धता गरे।साथै बिदेशमा रहेका नेपालीहरूलाई समेत निर्वाचनमा मतदानको अधिकार उपभोग गर्न सक्ने भौतिक बाताबरणको आगामी निर्वाचन सम्ममा ब्यबस्था गर्न नेपाल सरकारलाई सुझाव दिने आस्वासन समेत दिए।
आफु गैरराजनीतिक पदमा बहाल रहेतापनि पार्टी एकता र राष्ट्रिय सहमतीबाट मात्रै देशले आशातित सफलता हासिल गर्न सक्ने आफ्नो बिश्वास रहेको कुरा समेत सहभागीहरुलाई अबगत गराए।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर