लन्डन । बेलायतस्थित नेपाली कलाकारहरुका दुई संघ एक भएका छन । वरिष्ठ कलाकार मनिषकुमार श्रेष्ठ अध्यक्ष रहेको नेपाली कलाकार संघ, बेलायत र सनमकुमार वैराग अध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजबीच हालै एक कार्यक्रमबीच एकता भएको हो ।
नेपाली कलाकार संघ बेलायतका पूर्व अध्यक्ष उमेशराज मोक्तानको उपस्थितिमा संघका अध्यक्षले सम्पूर्ण कागजात बुझाएर आधिकारिक रुपमा एक भएको घोषणा गरेका हुन । यो एकताले विभाजित अरु संस्थामा समेत सकारात्मक सन्देश जाने अपेक्षा छ ।
वेम्ली हिलमा भएको एकता बैठकमा संघका उपाध्यक्ष डम्बर सुव्वा पनि सहभागी थिए । संघका म्यूजिक डाइरेक्टर समेत रहेका सुव्वाले अब दुई संघ मिलेर नयां कार्यक्रम गरिने जनाए ।
‘आखिर सम्पूर्ण कलाकारको पवित्र उद्देश्य नै यस क्षेत्रलाई मजवुत बनाउने भएकाले कलाकारितासंग सम्वन्धित सम्पूर्ण संस्था एकजुट भएर गएमा सकारात्मक सन्देश जाने र सामूहिक काम धेरै गर्न सकिन्छ’, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजकी महासचिव पिपला देवानले बताइन । अनेकसले यसैवर्ष केही रचनात्मक काम गर्ने योजना समेत बनाएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग