लन्डन । लन्डन बस्दै आएकी सन् २०१२ की मिस यूके नेपाल दुर्गा गुरुङ मिस नेपालको २० औं संस्करणमा प्रतिष्पर्धा गर्दैछिन् । दि हिडेन ट्रेजरले महिना दिनपछि आगामी १७ अप्रिलमा गर्न लागेको ‘फेन्टा दि हिडेन ट्रेजर मिस नेपाल २०१५’ मा भाग लिन दुर्गा गत ५ मार्चमा काठमाण्डौं उडेकी हुन् । अहिले उनी सहित १९ प्रतिष्पर्धी प्रशिक्षणमा व्यस्त छन् । मिस नेपालको कोरियोग्राफीको जिम्मा रचना गुरुङ शर्मामाथि छ भने माल्भिका सुब्बाले सहायक कोरियोग्राफीको भूमिका निर्वाह गरिरहेकी छिन् ।
मिस यूके नेपाल आयोजना गर्ने इभेन्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङ दुर्गाको सहभागिता देखेर उत्साहित छिन् । ‘पढाइ सकिएको बेला म पनि जान्छु भनेपछि हामीले सल्लाहमै जान प्रेरित गर्यौं’, शान्तिले वीनेपालीसंग भनिन् । मिस यूके नेपाल उपाधि जितेपछि बेलायतस्थित नेपाली समुदायसंग निकट रहेकी दुर्गाले आफ्नो नेतृत्वमा धेरै च्यारिटी काम समेत गरेकी छिन् ।
सन् २०१२ मा बेलायतबाटै गएकी सुन्दरी श्रृष्टि श्रेष्ठले मिस नेपालको ताज जित्न सफल भएकी थिइन् ।
शुक्रवार सार्वजनिक गरिएका अन्तिम १९ प्रतिष्पर्धीहरुमा दुर्गा सहित मेधा कोइराला, रेविका क्षेत्री, सृष्टि भट्टराई, पूजा श्रेष्ठ, प्रियारानी लामा, सुजिता खनाल, रितु केसी, सोनु थापा मगर, अनु खड्का, सुदिपा पाठक, निश्मा चौधरी, दिव्यता वैद्य, प्रसंसा पराजुली, इभाना मानन्धर, असिना पौडेल, कृपा न्यौपाने, श्रीया पौडेल र नुनिङ लिम्बु छन् । प्रशिक्षणको छैटौं दिन शुक्रवार प्रतिष्पर्धीहरुले योगा सिके ।
प्रतियोगितामा मिस नेपाल वोर्ल्ड विजेताले एक लाख रुपैयां, मिस नेपाल अर्थले ६० हजार र मिस नेपाल इन्टरनेशनलले ४० हजार रुपैयां नगदसहित ताज पहिरिनेछन् ।
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार