वाशिङ्टन । कोभिड–१९ महामारीका कारण गत वर्ष अमेरिकी अर्थतन्त्रले निकै खराब अवस्थाको सामना गर्नुपरेको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०२० मा अमेरिकी अर्थतन्त्रमा व्यापक सङ्कुचन आउँदा आर्थिक वृछि दर ३.५ प्रतिशत कायम भएको बिहीबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
सन् १९४६ पछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको यो सबैभन्दा ठूलो सङ्कुचन भएको अमेरिकी वाणिज्य विभागले जानकारी गराएको हो । उक्त संकुचनले अमेरिकी खर्च र आर्थिक गिरावटलाई पनि प्रतिबिम्बित गरेको र निर्यात, निजी अनुसन्धानमुलक लगानी, गैरराष्ट्रिय स्थिर लगानी, र राज्य र स्थानीय सरकारको खर्च र स्थायी आवासीय लगानीमा वृद्धि भएको पुष्टि गरेको छ ।
गत वर्षको कूल निर्यातमा १३ प्रतिशतको गिरावट आएको छ भने व्यक्तिगत उपभोग्य खर्च ३.९ प्रतिशतमा झरेको छ ।
चौथो त्रैमासिकमा मात्र अमेरिकी कूल गार्हस्थ उत्पादनमा ४.० प्रतिशतले वृद्धि भएको अन्तिम तीन महिनाको पहिलो प्रक्षेपणमा उल्लेख छ ।
जुलाई–सेप्टेम्बरको अवधिको तुलनामा अन्य धेरै देशहरूमा महामारी नियन्त्रणका लागि अपनाइएको उपायका कारण चौथो त्रैमासिकमा अमेरिकी कूल गार्हस्थ उत्पादन वृद्धि केवल १.० प्रतिशत कायम रहेको प्रतिवेदनमा जनाइएको छ ।
अप्रिल–जुन महिनाको अवधिमा ९.० प्रतिशतले गिरावट आएपनि तेस्रो त्रैमासिकमा अर्थतन्त्रमा देखिएको सुधारसँगै वृद्धिदर ७.५ प्रतिशत कायम भएको थियो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी