काठमाडौं। विद्युत प्रणालीमा समस्या देखिएपछि नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। रनवेको विद्युत सर्किट सर्ट भएपछि बन्द भएको विमानस्थललाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। राति १० बजेबाट विमानस्थल बन्द भएको बताइएको छ। यस समयमा अवतरण गरिने विमानहरु डाइभर्ट भएर भारतका विभिन्न विमानस्थलमा अवतरण गरिएको छ। विमानस्थल बन्द हुँदा करिब ४ हजार यात्री विमानस्थलमै अलपत्र परेका छन्। 
काठमाडौँ आउँदै गरेको मालिन्दो एयरको जहाज विमानस्थल बन्द भएपछि भारतको कोलकातातिर डाइभर्ट गरिएको छ। त्यसैगरी अन्य जहाजहरु पनि प्रभावित भएका छन्।
यसअघि टर्किस एयरलाइन्सको जहाज रनवे छेकिने गरी दुर्घटना हुँदा चार दिनसम्म विमानस्थल बन्द भएको थियो।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप