लन्डन । लन्डनस्थित नेपाली दूतावासको नेपाली समुदायमाझ गएर मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फाराम संकलन गर्ने अभियान जारी छ ।
दूतावास यो वीकेन्ड ९ औं शहर वेल्स्मा फाराम संकलन गर्न व्यस्त छ । स्वीन्डनबाट शुरु यो अभियानबाट हालसम्म दुई हजार भन्दा बढि फाराम संकलन भइसकेको वेल्स्मा रहेका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले वीनेपालीलाई जनाए ।
फिल्डमै गएर फाराम संकलन गर्दा लन्डन दूतावाससम्म जान समय र खर्च वचत, असक्त वृद्धवृद्धालाई राहत, फाराम बिग्रेर खेप्नुपर्ने सास्ती अन्त्य र प्रत्यक्ष जनमानस संग भेट्दा बिग्रेको फाराम सच्याउन र सिकाउन सकिने क्षेत्रीले उल्लेख गरे ।
वीकेन्डका बेला दूतावास कर्मचारीले फोकस्टोन, बर्मिङ्हम, स्टोनहेज, नटिंगहाम, अक्सफोर्डसायर, आसफोर्ड, बेजिङ्स्टोक लगायत नेपाली उल्लेख्य भएका शहर पुगेर फाराम संकलन गरिसकेका छन् । दूतावास वेल्स्पछि स्कटल्याण्ड, योर्कसायर, ननिटन आदि शहर जांदैछ ।
आगामी वर्ष सन् २०१५, नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने अन्तर्राष्ट्रिय नियमले लन्डन दूतावासमा एमआरपी आवेदन दिनेहरुको भीड अन्त्यतिर अप्रत्यासित नबढोस् भन्ने उद्देश्यले बेलैमा यो अभियान थालिएको दूतावासको भनाइ छ । कार्यालय समयको चाप कम गर्न र बेलैमा एमआरपी दिलाउन दूतावासले यो अभियान सारेको क्षेत्रीले जनाए । दूतावासमा कर्मचारी अभावले कामको चाप अत्यधिक छ । एकजना कर्मचारीले दैनिक करिब ८८ जना सेवाग्राहीसंग डिल गर्नुपरेको गुनासो दूतावासको छ । फोन चाहिएको बेला नउठ्ने गुनासो त सामान्य भइसक्यो ।
गत आ.व. ७०, ७१ मा लन्डनस्थित नेपाली दूतावासले करिब दश हजार एमआरपी जारी गरेको छ भने यसबाट करिब २२ करोड ६० लाख रुपैयां (१३ लाख ७० हजार पाउण्ड) राजश्व संकलन भएको दूतावासले जनाएको छ ।
एमआरपीबारे सम्पूर्ण जानकारी, आवश्यक प्रक्रिया, कागजात, एमआरपी बनेर आए नआएको हेर्ने व्यवस्था आदिबारे आफ्नो वेवसाइटमा राखिएको जनाउंदै दूतावासले साइट हेर्न समेत आग्रह गरेको छ ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान