देशमा शान्ति थियो । विकाश हुँदै थियो । देश समृद्धितिर उन्मुख हुँदैथियो। जब कसैले उन्नति र प्रगति गर्दै जान्छ तब खुट्टा तान्नेहरु बग्रेल्ती निस्कन थाल्दछन् । अनि विभिन्न किसिमको अबरोधहरु सिर्जना गर्न अग्रसर हुन थाल्दछन् । यस्तै हाम्रो देश नेपालमा पनि भैरहेको थियो र अहिले पनि भइ नै रहेको छ ।
देश विकाश गर्न कुनै न कुनै वादसंग मिलेर अथवा वादलाई अंगालेर मात्र देश बदल्न सक्छ भन्ने मेरो लाटो सोचाई थियो । तर त्यो होइन रहेछ भन्ने कुराहरु अहिलेको हुँडारहरुले देखाएको छ । जुनसुकै वाद अंगाले पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नेहरुको खोइरो खन्नेहरू पनि त्यतिकै हुन्छन् भन्ने उदाहरणहरु संसारमा धेरै नै होलान् ।
भर्खर नेपालमा संसद बिघटन गर्ने वादको कुरादेखि ४६ साल तिरको आन्दोलनले ल्याएको तन्त्रहरु हेर्दा सबै वादको झोला बोक्नेहरु म वर्षायाममा धादिङ्ग जिल्लाको महादेवस्थान गाबिसको खैलिग्को लेकमा घाँस काट्न जाँदा जुकाले मेरो रगत खाएर मोटाएको भन्दा पनि बढी मोटाएको जुकाहरु मात्र देखेको छु। विकाशको नाममा खर्बौं लुट्ने हुँडारहरु भन्दा एउटा सिंह हुनु चाहिँ अति नै उत्तम थियो भन्ने मलाई आज लागेको छ।
कुरो ५२/५३ तिरको हुनु पर्छ मैले खासै तिथि सम्झिन सकिनँ । दशरथ रंगशालामा नेपाल वायुसेवा निगमले आयोजना गरेको राष्ट्रव्यापी खुला पौडी प्रतियोगिता अर्थात राष्ट्रिय पौडी प्रतियोगितामा मैले पनि भाग लिने मौका मिलेको थियो । त्यो बेलामा भाग लिनेहरु मध्ये नेपाल आर्मीको बाहुल्यता बढी थियो।
त्यो आर्मीको समूहमा राजकुमार निराजन शाहले पनि भाग लिएका थिए । एक लेनमा सात हो कि आठ जनाको समूहको एक पटकमा प्रतिस्पर्धा हुने गर्दथ्यो। मेरो ग्रुपमा निराजन शाह पनि थियो। त्यो ग्रुपको १०० मिटरको फ्री स्टाएलको हिटमा म प्रथम अनि निराजन दोस्रो वा तेस्रो भएका थिए । मैले अरु अरु इभेन्ट जस्तै ५० मिटरको ब्रेस्ट स्ट्रोक, ५० मिटरको ब्याक स्ट्रोक १०० मिटरको ब्रेस्ट स्ट्रोक हरुमा पनि भाग लिएको थिएँ । निराजनले पनि अरु थुप्रै इभेन्टहरुमा भाग लिएका थिए। तर मलाई सम्झना भएन । मसंग अरु इभेन्टहरुमा पनि सँगै परेका थिए ।
एकै दिनमा धेरै इभेन्ट्सहरु गर्नु परेकोले बिहान पाउरोटी र अण्डा मात्रै खाएर गएको बिना डाएट पौडी खेल्दा १०० मिटरको फ्री स्टाएल वारि र पारि गर्दा मलाई चक्कर लागेर उल्टी गर्न खोजेको चाहिँ एकदम याद आइरहन्छ । निराजन शाहले धेरै इभेन्टहरुमा हारे । पछि ४०० मिटरको ४ जनाको रिलेमा भने तेस्रो पदक हासिल गर्न सफल भएका थिए ।
मैले २ वर्षसम्म प्रतिस्पर्धा गरेँ । तर फाइनलमा गएर हार बेहोर्नु परेको थियो। अन्तमा हामीहरु सबैले निराजनको साथमा बसेर तस्बिर खिच्ने धोको भने पूरा गरेका थियौं । नेपालको इतिहासमा सायद पहिलो पटक हुनु पर्छ त्यसरी बाहिरी सर्वसाधारणहरुसंग राजपरिवारले प्रतियोगिता गरेको । जस्तै भए पनि केही स्वार्थी नेताको बाहेक जनताको प्यारो राजा नै देशको लागि प्यारो थियो । मलाई ३५/३६ साल तिरको याद आउँछ ।
म एक पटक मेरो एक हितैसी स्वर्गीय दाजु देवबहादुर घलेले काठमान्डू लागेको थियो । कालिमाटीदेखि सुन्धारासम्म साइकलमा गएको थिएँ । म सानो चार क्लासमा पढ्ने एउटा फुच्चे थिएँ । मैले बाटोमा थुकेको थिएँ अनि देव दाइले ‘नथुक’ भनेर गाली गर्नु भएको थियो। किनभने त्यति सफा थियो । बाटोहरु थुक्नलाई पनि सरम लाग्नेसम्मको चिल्लो सफा बाटो थियो ।
मलाई वीरेन्द्र राजाको परिवारको कुरा गर्न मन पर्छ । मलाई अझै याद छ राजा वीरेन्द्र पोखरा जाने बेलामा सडकको बाटो भएर गएको बेला पृथ्वी राजमार्गको सडकको छेउ छेउमा प्रत्येक घर घरले तामा र पित्तलको गाग्रीमा पानी भरि राखेर फूलको गुच्छा राखेर स्वागत गरेको थियो। सबैले माया गर्ने भएर नै त्यसो गरेको हुनु पर्दछ ।
अहिलेको राजाहरु आयो भने कि कालो झन्डा देखाउँछ होइन भने नारा जुलुस त सामान्य कुरो हो। किनभने जनताहरु वाक्क दिक्क भइसकेको छ ।
अहिलेको के के तन्त्र र वादको झोला भिर्नेहरुले न आफूले गरे न त अरुलाई गर्न दिए। सत्तामा नपुगिन्जेलसम्म राजाको हत्याराको छानबिन हुनुपर्छ भन्नेहरुले किन सत्तामा पुगेर छानबिन गरेनन् भन्ने प्रश्न प्रत्येक नेपालीको मानसपटलमा छाप बनेर बसेको छ ।
अब म कुनै वादमा पनि विस्वास गर्दिनँ । अहिलेको तन्त्र र वादको झोला बोक्नेहरुले न सिन्को भाँचे न भाँच्न दिए । राणा शासन र राजाको विरोध गर्नेहरुलाई लाज लाग्नु पर्ने हो किनभने राणा र राजाले बनाएको सडकमा हिँडेको छ ।
उनीहरुले बनाएको मठ मन्दिरमा खोक्रो पूजा गरेको छ। उनीहरुले बनाएको बेलायतको जस्तो महलहरुमा अहिलेको हुँडाहरुले रजाइँ गरेको छ। हिजो चप्पल लगाएर फाटेको झोला बोक्नेहरु आज कसरी खर्बपति भए सोच्ने बेला भएको छ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी