लण्डन । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई युनियन अफ एसिएसन अल्पाइन एसोसिएसनले ‘शेर्पा अफ द इयर २०२०’ को उपाधि प्रदान गरेको छ ।
विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल ६ महिना ६ दिनमै चढेका पुर्जालाई १७ओैं अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा हिजो काठमाडौंँमा आयोजित एक कार्यक्रममा पर्यटन विभागकी महानिर्देशक मीरा आचार्य तथा युनियन अफ एसिएन अल्पाइन एसोसिएसनका उपाध्यक्ष सन्तवीर लामाले शेर्पा अफ द इयर २०२० को अवार्ड हस्तान्तरण गरे ।
सो अवार्डलाई पर्वतारोहणका क्षेत्रमा ओस्कारसरह मानिन्छ ।
शेर्पा अफ द इयर २०१९ मिङ्जमा ग्याल्बो शेर्पाले पनि पुर्जालाई सम्मान गरेका थिए ।
हालसम्म शेर्पा विधामा सो अवार्ड पाउने नेपालीहरुमा शेर्पा र पुर्जामात्र रहेको पाइएको छ ।
सो अवसरमा युनियनका अध्यक्ष डा इन योङ लि र अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघका महासचिव लोड बेकर भने भर्चुअल रुपमा सहभागी भएका थिए ।
सो सम्मान पाउँदा हर्ष लागेको पुर्जाले बताएका छन् । उनले पुरस्कारवापत प्राप्त राशी नयाँ युवा पर्वतारोहीलाई मनासलु हिमाल आरोहणमा सहयोग गर्न खर्च गर्ने बताएका छन् ।
म्याग्दी पुर्ख्यौली घर भएका पूर्व गोरखा सैनिक निर्मल पुर्जा केही वर्षदेखि पर्वतारोहणको क्षेत्रमा ख्याति कमाउँदैछन् ।
तस्वीरहरु नेपाल पर्वतारोहण संघ र निर्मल पुर्जाको सामाजिक सन्जालबाट
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]