लण्डन । आजदेखि बेलायतमा जेनेरल प्राक्टिसनर (जीपी)बाट पनि कोरोना भाइरसविरुद्ध फाइजर र बायोनटेकले बनाएको खोप दिइँदै छ ।
आजबाट छानिएका १०० जीपीहरुले र भोलिबाट थप १०० जीपीहरुले सो खोप उपलब्ध गराउने बताइएको छ तर बेलायतभरका सबै जीपीमा भने खोपको सुविधा उपलब्ध छैन । बेलायतमा १२०० जीपी रहेको बताइएको छ । बाँकी जीपीहरुमा पनि क्रमश खोप लगाउने सेवा उपलब्ध गराउँदै जाने योजना रहेको छ ।
रोयल कलेज अफ जेनेरल प्राक्टिसनर प्रोफेसर मार्टिन मार्शलका अनुसार जीपीहरुले खोप लगाइने मानिसलाई निमन्त्रणा गर्नेछन् । त्यसैले सबैलाई खोपका लागि जीपीमा नआउन र फोन नगर्न पनि उनले अनुरोध गरे । शुरुमा जीपीले ८० वर्ष माथिका मानिसहरुलाई खोप दिने पनि उनले जानकारी दिए । यसका साथै स्थानीय क्षेत्रको अवस्थाअनुसार जोखिममा रहेका अल्पसंख्यक समुदाय वा अन्यलाई पनि खोप दिन सकिने उनले बताए ।
खोप लगाउनका लागि बोलाइएका मानिसहरुलाई अरु खोप लगाउँदा जस्तै शुरुमा रिसेप्सनमा नाम रुजु गरेपछि नर्सले खोप लगाउन मन्जुर भएको कागजमा सही गराउने छन् । खोप लगाइसकेपछि १५ मिनेटसम्म जीपीमै बस्नुपर्नेछ । खोपबाट शरीरमा कुनै असामान्य प्रतिक्रिया उत्पन्न हुन्छ कि भनेर यसो गरिएको बताइएको छ ।
प्रोफेसर मार्शलले विगतमा एलर्जीको बिरामी भएकाहरुलाई खोप नलगाउन सुझाव दिएका छन् ।
बेलायतमा गत सातादेखि खोप लगाउन शुरु गरिएको हो । शुरुमा ५० वटा अस्पतालबाट खोप लगाउन शुरु गरिएको थियो ।
सरकारले कुन समूहलाई शुरुमा खोप दिने भन्ने प्राथमिकताका आधारमा सूची यसअघि नै बनाइसकेको छ ।
बेलायतमा गत साता फाइजर र बायोनटेकले उत्पादन गरेको ८ लाख डोज खोप आइसकेको छ । थप डोज यसैमहिना आउने बताइएको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]