लन्डन । बेलायतले विदेशबाट आउने यात्रुहरू र कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई लक्षित गरी १४ दिन एकान्त (सेल्फ–आइसोलेसन) तथा क्वारेन्टिनमा रहनुपर्ने नियमलाई १० दिन कायम गर्ने शुक्रबार जानकारी गराएको छ ।
वेल्समा यस पहिल्यै यो नियम लागु गरिएको छ । अब भने संयुक्त अधिराज्य (बेलायत) का इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड तीनै राज्यमा कोभिड नियन्त्रणका लागि लिइएको नयाँ नियम सोमबारदेखि लागु हुनेछ ।
कोभिड–१९ का विरामीहरूको समस्यालाई चिकित्सकीय विधिबाट अनुसन्धानपछि १० दिन मात्र क्वारेन्टिन बस्नुपर्ने नियम लागु गर्दा कुनै फरक नपर्ने ठहर बेलायतले गरेको हो ।
कार्डिफ, एडिनबरा र बेलफास्टको सरकारहरूले भने आफ्नै स्वास्थ्य नीति तय गरेका छन् र भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धहरू लागू गरेका छन् ।
“सङ्क्रमितले पनि १० दिनसम्म सामाजिक दूरी कायम गरी अलग बसेमा उसलाई घर वा काममा फर्किन अनुमति दिनेछौँ,” बेलायती वरिष्ठ चिकित्सा अधिकारीहरूले बताए । सङ्क्रमण नियन्त्रणका लागि क्वारेन्टिन र सेल्फ आइसोलेसन बस्नु महत्वपूर्ण भएको उनीहरूले बताए ।
बेलायतमा विगत २८ दिनमा सङ्क्रमित ५१६ जनाको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमित ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कूल सङ्क्रमितको सङ्ख्या करिब १८ लाख पुगेको छ ।
यो हप्ताको सुरुमा सरकारले फाइजर र बायोएनटेकद्वारा उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपलाई मान्यता दिएपछि देशभरका ७३ अस्पतालमा एकै पटक खोप सेवा सुरु गरिएको थियो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी