लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको युरोपेली युनियनका अध्यक्ष उर्सला भोन डोर लियनसितको बुधबारको तीन घण्टा लामो रात्री भोजले पनि ब्रेक्जिटपछिको बेलायत र युरोपबीचको सम्बन्ध कस्तो हुने तय गर्न असफल भएको छ ।
सम्झौता हुनसक्ने आशा बोकेर ब्रसेल्स पुगेका बेलायती प्रधानमन्त्री जोनसन र युरोपेली युनियनका अध्यक्ष लियन दुवैले भेटपछि दुवै पक्ष सम्झौताभन्दा टाढा रहेको बताएका छन् ।
बेलायतले यसैवर्षको जनवरी ३१ मा युरोपेली युनियन छोडिसकेको छ तर यही डिसेम्बर अन्त्यसम्ममा ब्रेक्जिटपछि दुई पक्षको व्यापार लगायतका बारेमा कस्तो सम्बन्ध रहने भन्ने सम्झौताका लागि समय तोकिएको छ ।
बेलायती विदेश मन्त्री डोमिनिक राबले यही सप्ताहन्तसम्ममा सम्झौतामा पुग्ने समय तोक्न बेलायती प्रधानमन्त्री र युरोपेली युनियनका अध्यक्ष राजी भएको जानकारी दिएका छन् ।
युरोपियन युनियन र बेलायतबीच समुद्रमा माछा मार्ने, खुल्ला प्रतिस्पर्धाको ग्यारेन्टी लगायतका विषयमा मतभेद रहेको छ । युरोपेली पक्षले ब्रेक्जिटपछि पनि बेलायतको अधीनमा रहेको समुद्रमा माछा मार्न पाउनुपर्ने, युरोपियन लगानी रहेका व्यापारलाई बेलायत सरकारले भरथेग गर्नपर्ने लगायतको शर्त राखेको छ भने बेलायतले युरोपियन युनियनका ती शर्त स्वतन्त्र मुलुकले स्वीकार गर्न नसक्ने दाबी गर्दै आएको छ ।
यदि डिसेम्बरभित्र बेलायत र युरोपेली युनियनबीच सम्झौता हुन नसके त्यसको प्रभाव व्यापक रुपमा पर्ने विश्लेषण गरिएको छ । सुपरस्टोर टेस्कोले सम्भावित स्थितिलाई हेरेर सामानहरुको संचिती राख्न थालिसकेको बताएको छ । उता दुवै पक्षले अतिरिक्त कर लगाउँदा युरोपबाट आउने केही सामानहरुको भाउ महंगो हुने छ ।
तर सम्झौता हुने आशा भने अझै मरिसकेको छैन । त्यसैका लागि सधैँ डिसेम्बर २१ देखि बन्द हुने बेलायती संसद यसपटक डिसेम्बरभरि कायमै रहन सक्ने संकेत सभामुख सर लिण्डसे होयलले दिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा