लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको युरोपेली युनियनका अध्यक्ष उर्सला भोन डोर लियनसितको बुधबारको तीन घण्टा लामो रात्री भोजले पनि ब्रेक्जिटपछिको बेलायत र युरोपबीचको सम्बन्ध कस्तो हुने तय गर्न असफल भएको छ ।
सम्झौता हुनसक्ने आशा बोकेर ब्रसेल्स पुगेका बेलायती प्रधानमन्त्री जोनसन र युरोपेली युनियनका अध्यक्ष लियन दुवैले भेटपछि दुवै पक्ष सम्झौताभन्दा टाढा रहेको बताएका छन् ।
बेलायतले यसैवर्षको जनवरी ३१ मा युरोपेली युनियन छोडिसकेको छ तर यही डिसेम्बर अन्त्यसम्ममा ब्रेक्जिटपछि दुई पक्षको व्यापार लगायतका बारेमा कस्तो सम्बन्ध रहने भन्ने सम्झौताका लागि समय तोकिएको छ ।
बेलायती विदेश मन्त्री डोमिनिक राबले यही सप्ताहन्तसम्ममा सम्झौतामा पुग्ने समय तोक्न बेलायती प्रधानमन्त्री र युरोपेली युनियनका अध्यक्ष राजी भएको जानकारी दिएका छन् ।
युरोपियन युनियन र बेलायतबीच समुद्रमा माछा मार्ने, खुल्ला प्रतिस्पर्धाको ग्यारेन्टी लगायतका विषयमा मतभेद रहेको छ । युरोपेली पक्षले ब्रेक्जिटपछि पनि बेलायतको अधीनमा रहेको समुद्रमा माछा मार्न पाउनुपर्ने, युरोपियन लगानी रहेका व्यापारलाई बेलायत सरकारले भरथेग गर्नपर्ने लगायतको शर्त राखेको छ भने बेलायतले युरोपियन युनियनका ती शर्त स्वतन्त्र मुलुकले स्वीकार गर्न नसक्ने दाबी गर्दै आएको छ ।
यदि डिसेम्बरभित्र बेलायत र युरोपेली युनियनबीच सम्झौता हुन नसके त्यसको प्रभाव व्यापक रुपमा पर्ने विश्लेषण गरिएको छ । सुपरस्टोर टेस्कोले सम्भावित स्थितिलाई हेरेर सामानहरुको संचिती राख्न थालिसकेको बताएको छ । उता दुवै पक्षले अतिरिक्त कर लगाउँदा युरोपबाट आउने केही सामानहरुको भाउ महंगो हुने छ ।
तर सम्झौता हुने आशा भने अझै मरिसकेको छैन । त्यसैका लागि सधैँ डिसेम्बर २१ देखि बन्द हुने बेलायती संसद यसपटक डिसेम्बरभरि कायमै रहन सक्ने संकेत सभामुख सर लिण्डसे होयलले दिएका छन् ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]