लण्डन । नेपालबाट दुई साताअघि युके आई सेल्फ आइसोलेसनमा बस्दाबस्दै ढलेका घाकबहादुर गुरुङको आज निधन भएको छ ।
बेलायती सेनाका पूर्व कर्पोरल गुरुङको ७६ वर्षको उमेरमा आज बिहान ११:२८ बजे युकेको ननिटनस्थित जर्ज इलियट अस्पतालमा निधन भएको स्थानीय ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएन युकेका महासचिव भीम सारुले जानकारी दिए ।
पुर्ख्यौली घर रुपा गाउँपालिका-७, साक्लुङ कास्की भएका गुरुङ श्रीमती र कान्छी छोरीका साथ ननिटनमा बस्दै आएका थिए ।
उनी नोभेम्बर ७ मा मात्र नेपालबाट आएका थिए । युके आएपछि उनी बेलायत सरकारको नियमपालना गर्दै १४ दिने सेल्फ आइसोलेसनमा बस्दै थिए । सोही सिलसिलामा नोभेम्बर १४ का दिन शौचालयमा ढलेपछि उनलाई अस्पताल लगिएको थियो ।
अस्पतालमा उनमा अक्सिजनको मात्राको कमी भएको कारण श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनमा कोभिड १९ को संक्रमणसमेत भेटिएको अस्पतालले जनाएको छ । तर नेपालमा युके उडान हुनुपूर्व लिइएको कोभिड १९ जाँचमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।
आर्मी नम्बर २११५४४४८ का उनी सन् २०१३ देखि ननिटनमा बस्दै आएका थिए ।
पारिवारिक स्रोतका अनुसार उनमा बाथको समस्याबाहेक अन्य स्वास्थ्य समस्या थिएन ।
उनको एक छोरी र चार छोरा नेपालमै छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी