लण्डन । बेलायतमा जन्मिएका नयाँ पुस्तालाई नेपाली गीत र संगीतमा प्रवेश गराउन दिप्ता थापा अग्रसर भएकी छिन । बेलायती वातावरणमा हुर्किएर पनि नेपाली गीत संगीतलाई माया गरिरहेकी दिप्ताले नेपाली समुदाय माँझ नयाँ म्युजिक भिडियो ‘यो जीन्दगी’ लिएर आएकी हुन ।
नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने दिप्ताले पहिलो म्युजिक भिडियो लिएर बजारमा आएपछि धेरै नेपालीहरुले खुसी व्यक्त गरेका छन । अंग्रेजी संस्कारमा हुर्किएकी १८ वर्षीय दिप्ताले नयाँ पुस्तालाई मातृ भाषाका गीत, गायन र संगीत तर्फ आकर्षित गर्ने अपेक्षा समाजका अगुवाहरुले गरेका छन । गत शनिवार भर्चुअल ‘जुम’ मार्फत सार्वजनिक गरिएको पहिलो म्युजिक भिडियो “यो जिन्दगी”को संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदुत डा.दुर्गावहादुर सुवेदीले सार्वजनिक गरे । राजदूत डा सुवेदीले नेपाली गीत मार्फत नयाँ पुस्तालाई नेपाली भाषा र संगीतमा जोडने काम दिप्ताले गरेको भन्दै प्रसंसा गरे । ‘नयाँ पुस्ताले नेपाली गायन र संगीतलाई माया गर्नु धेरै राम्रो कुरा हो । यो कामका लागि दिप्तासहित उहाँका वुवा र आमालाई म विशेष धन्यवाद दिन्छु । जसले नेपाली संगीतलाई माया गर्न आफ्ना सन्तानलाई सिकाइ रहेका छन ।’ गीतका प्रयोग भएका शब्दहरु निकै मार्मिक रहेको भन्दै उनले गीतका सर्जक सन्जित देउजा तथा संगीतकारसहितलाई सफलताको शुभकामना दिए ।
एक दर्जन बढी गीतहरु रेकर्ड गराइसकेका पिता दीपक उनका लागि गुरु जस्तै छन । भारतको इलाहावाद विश्वविद्यालयबाट नृत्यमा डिप्लोमा गरेकी आमा सुनिता पनि उनको गायन यात्रामा सधै सहयोगी रहिन् । सुनिता नेप्लिज नर्सिंग एशोसिएसन यूकेमा अहिले उपाध्यक्ष छन् भने दीपक डाटफोर्ड नेपाली समाजका पूर्व अध्यक्ष हुन् ।
गायिका दिप्तालाई एनआरएनए युके अध्यक्ष पुनम गुरुङ, नेपाली सेफ सन्तोष शाह, डि मेरी जोस, ईनास ग्लोबल अध्यक्ष कमला दहाल, गायिका शर्मिला बर्देवा, डार्टफोर्ड समाज यूकेका अध्यक्ष गजेन कटुवाल लगायतका शुभकामना दिए ।
दिप्ता थापाको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत, सन्जित देउजाको शब्द सिर्जना रहेको छ । भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता र मेकअप दिपिका श्रेष्ठको रहेको छ । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक