लण्डन । कोरोना भाइरसविरुद्ध खोप विकसित गरिरहेको फाइजर र बायोएनटेकले आफूहरुको खोप कोरोना भाइरसबाट मानिसलाई बचाउन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेका छन् ।
गत साता खोप निर्माताहरुले जारी गरेको अन्तरिम रिपोर्टमा सो खोपको प्रभावकारिता ९० प्रतिशत मात्र रहेको बताइएको थियो । तर आज जारी नयाँ रिपोर्टमा सो खोपको तेस्रो चरणको परिक्षणमा सहभागी १७० वटा केसहरुमध्येको परिणाम विश्लेषण गर्दा सो खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएको बताइएको छ ।
सबै उमेर, जात र जातीय पृष्ठभूमिका मानिसहरुमा खोपको प्रभावकारिता उत्तिकै रहेको कम्पनीले बताएको छ । यसैगरी ६५ वर्ष माथिकाहरुमा खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको दाबी गरिएको छ ।
खोप लगाएका स्वयंसेवीहरुमा कुनै उल्लेख्य साइड इफेक्ट नदेखिएको बताइएको छ । खोपमा सहभागीमध्ये २ प्रतिशतभन्दा कम्तीलाई पहिलो डोजपछि र ३.७ प्रतिशतलाई दोस्रो डोज लिएपछि थकान महसुस भएको छ ।
फाइजरले अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनसित र विश्वका अन्य देशहरुको खोप नियामक निकायमा खोप लगाउन अनुमतिका लागि केही दिनमै निवेदन दिने भएको छ ।
फाइजरले गत हप्ता जारी गरेको रिपोर्ट खोप दिएका ९४ वटा केसको परिणाममा आधारित थियो भने आज प्रकाशित रिपोर्ट १७० वटा केसहरुको विश्लेषणमा आधारित छ ।
फाइजरले जुलाई २७ देखि तेस्रो चरणको परीक्षण गरिरहेको छ । जसमा ४३ हजार ६६१ जना स्वयंसेवकहरुले भाग लिएका छन् । त्यसमध्ये पनि ४१ हजार १३५ जनाले दोस्रो डोज समेत लिइसकेका छन् ।
सो खोपको परीक्षणमा ४२ प्रतिशत जातीय अल्पसंख्यक पृष्ठभूमिका र ४१ प्रतिशत ५६ देखि ८५ वर्षका स्वयंसेवकहरु सहभागी थिए ।
सो खोपको परीक्षण अमेरिका, जर्मनी, टर्की, दक्षिण अफ्रिका, ब्राजिल र अर्जेन्टिनामा गरिएको थियो ।
उत्पादकहरुले यसैवर्षमा ५० लाख डोज र अर्को वर्षभित्रमा १ अर्ब ५० करोड डोज उत्पादन गर्ने बताएका छन् । फाइजरको अमेरिकाका पाँच ठाउँमा ओैषधि उत्पादन कारखाना रहेको छ भने युरोपमा बेल्जियममा एउटा छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]