लन्डन । फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ ।
करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६,००० व्यक्तिलाई समावेश गर्ने जनाएको छ ।
अध्ययनको नेतृत्व गरिरहनु भएका डा. साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताए । उनले खोप परीक्षणका लागि विश्वभरका छ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिए ।
फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो ।
साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक समेत रहेका डा. फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरस विरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट भइनसकेको जनाए ।
फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी दिए।
बेलायतमा जान्सेन सहित ६ वटा कम्पनीलाई कोभिड–१९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]