लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायत थप मुठभेड तर्फ अघि बढेको छ । संघ युके भित्र आर्थिक अनियमितताको बिषयमा अदालततिर लैजाने चार उपाध्यक्ष र इंग्ल्याण्ड राज्यपरिषद्का उपाध्यक्ष एक गरि पाँच जनालाई संस्थापन पक्षले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि मुठभेडको संकेत देखिएको हो ।
शनिबार पुनम गुरुङको अध्यक्षमा बसेको ‘भर्चुअल’ कार्यसमितिको आकस्मिक बैठकले संघको आँच आउने गरि अदालतमा चुनौती दिने उपाध्यक्षहरु प्रेम गहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल, मोहन कार्की इग्ल्याण्ड राज्य समिति उपाध्यक्ष लालबहादुर गुरुङलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको महासचिव फडिन्द्र भट्टराईले जनाए । ६ जना मध्येका एक शेर सुनार कार्यसमितिमा छैनन् । उनी एनआरएनए युकेका पुर्व उपाध्यक्ष हुन ।
संघ युकेका चार उपाध्यक्षहरु, इंग्ल्याण्ड राज्य परिषद्का एक उपाध्यक्ष र एक पुर्व उपाध्यक्ष गरि ६ जनाले सोलिसिटर मार्फत अध्यक्ष गुरुङ र पुर्व अध्यक्ष योगकुमार फगामीलाई आर्थिक अनियमितताका बिषयमा पत्राचार गरेपछि पाँचै उपाध्यक्षलाई सात दिन भित्र मुद्दा फिर्ता गरि मिल्न नआए स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव फडिन्द्र भट्टराईले बताए । बैठकले एक महिना भित्र स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।
सात घण्टासम्म चलेको आकस्मिक बैठकमा अध्यक्ष गुरुङ आफुलाई आर्थिक अनियमितताका बारेमा सोलिसिटरको पत्र प्राप्त भएको जानकारी बैठकलाई गराएकी थिइन । उनको पत्र माथिको छलफलपछि एनआरएनए युकेले ‘ग्रीनवीच सोलिसिटर हायर’ गर्ने निर्णय गरेको महासचिव भट्टराईले जनाए । उक्त सोलिसिटरलाई लाग्ने रकम एनआरएनए युकेले व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले पुर्व कार्यसमितिको आर्थिक अनियमितताका बारेमा पुर्व अध्यक्ष फगामी र उनको कार्यसमितिले दिनु पर्ने निर्णय पनि गरेको छ । बैठकले संघ भित्रको झगडा अदालत लगेर चुनौति दिने उपाध्यक्षहरु गहामगर, कंडेल, पोखरेल, कार्की इग्ल्याण्ड राज्य समिति उपाध्यक्ष गुरुङ र पुर्वउपाध्यक्ष शेर सुनार प्रति खेद प्रकट गरेको छ ।
बैठकमा उपाध्यक्षहरुले सोलिसिटर मार्फत उठाएको आर्थिक अनियमितताका बिषयमा छलफल गर्न लागिएकाले ‘स्वार्थ बाझिने’ भएकाले बैठक छाडेर जान अनुरोध गरेपछि उनीहरु स्वयंसेवी रुपमा बाहिरिएका थिए । बैठकमा २८ जना उपस्थित थिए ।
गत मंगलबार संघका चार उपाध्यक्ष र राज्यपरिषद् उपाध्यक्ष तथा पुर्व उपाध्यक्ष शेर सुनारले अध्यक्ष गुरुङ र फगामी माथि आर्थिक अनियमितताको छानविन गर्न नमानेको आरोपसहित सोलिसिटर मार्फत अदालती प्रक्रिया अघि बढाएको पत्रकार सम्मेलन मार्फत जनाएका थिए ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता