
काठमाडांै । मुलुकभर कोरोना भाइरस एक हजार ९४६ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ जारी बुलेटिन अनुसार आठ हजार ७५३ जनाको पिसिआर परीक्षण गर्दा ८१६ महिला र एक हजार १३० जना पुरुषमा कोरोना पुष्टि भएको हो । ती सङ्क्रमित मध्ये प्रदेश १ का २२७, प्रदेश २ का ३८, वाग्मती प्रदेशका ९७८, गण्डकी प्रदेशका ३९९, लुम्बिनी प्रदेशका २०९ , कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका ९३ जना रहेका छन । ती सङ्क्रमितसँगै नेपालमा अहिलेसम्म दुई लाख ८ हजार २९९ जनामा कोरोना पुष्टि भएकोे छ ।
यस्तै विगत २४ घण्टामा दुई हजार ५०३ जना निको भइ घर फर्किएका छन् । अहिलेसम्म एक लाख ७० हजार ६३२ जना निको भइ घर फर्किसकेका छन । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार ३६ हजार ४५२ जना सक्रिय सङ्क्रमित रहेका छन । मन्त्रालयका अनुसार आज १३ जनाको कोरोनाबाट निधन भएका छ । अहिलेसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार २१५ पुगेको छ । उपत्यकामा ८३५ सङ्क्रमण देखिएको छ । ती मध्ये ३७९ महिला र ४५६ जना पुरुष रहेका छन् । अहिलेसम्म उपचार गराइरहेका सङ्क्रमितमध्ये ३७६ जना सघन उपचार कक्ष (आइसियु) र ७४ जनाको भेन्टिलेटरमा रहेका छन् ।
ती मध्ये आइसियुमा प्रदेश १ का ५३, प्रदेश २ का १३, वाग्मती प्रदेशका १३६ , गण्डकी प्रदेशका ९४, लुम्बिनी प्रदेशका ६५, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन । भेन्टिलेटरमा प्रदेश १ का १२ , प्रदेश २ का एक, वाग्मती प्रदेशमा ४४, गण्डकी प्रदेशका १३ र लुम्बिनी प्रदेशका चार जना रहेका छन । पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन । शुन्य सङ्क्रमित रहेको जिल्ला एकमात्र मनाङ रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा एक हजार ५७ जना र होम आइसोलेसनमा सात हजार ७२० जना रहेका छन ।
बिमा गरेका व्यक्तिको खर्च सरकारले नब्यहोर्ने
सरकारले कोरोना भाइरस (कोभिड–१९) को बिमा गरेका व्यक्तिको खर्च नब्यहोर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कुनै बिमा कम्पनीबाट कोभिड–१९ का बिमा गरेको व्यक्तिले सबै पिसिआर परीक्षण र उपचार खर्च सरकारले नव्यहोरी निजको बिमा रकमबाट व्यहोरिने जानकारी दिए । उनले कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सूचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोभिड–१९ का लक्षण वा चिन्ह देखिएका बिरामीको परीक्षण र उपचार खर्च निःशुल्क गरिने जानकारी दिए ।
सर्वोच्च अदालतको आदेशपछि यही कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । यसअघि सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत रहेका कर्मचारीको मात्र निःशुल्क परीक्षण र उपचार खर्च ब्यहोर्ने भएको थियो । सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचार खर्चमा आफै योगदान गर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक