लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आर्थिक अनियमितता विवाद १४ महिना पछि फेरि सतहमा आएको छ । एनआरएनए यूके उपाध्यक्षहरु प्रेम गहामगर, नारायण कडेल, रामचन्द्र पोखरेल, मोहन कार्की, इंग्ल्याण्ड राज्य परिषद् उपाध्यक्ष लालबहादुर (एलविजेड) गुरुङ र पूर्वउपाध्यक्ष शेर सुनारले भर्चुअल पत्रकार सम्मेलन मार्फत आर्थिक अपारदर्शीको विरुद्ध अदालत जानुको औचित्य पेश गरेपछि विवाद सहतमा आएको हो ।
कार्यसमितिका ६ जनाले वर्तमान नेतृत्वकर्ता पुनम गुरुङ र पुर्वअध्यक्ष योगकुमार फगामीले नै छानविनमा अवरोध गरेपछि अदालतको ढोकासम्म पुग्नु परेको दावी गरे । उनीहरुले अदालतले दोषीलाई कारवाहीको दायरामा ल्याउने र सत्य तथ्य सार्वजनिक गराएर छाडने दृढता व्यक्त गरे।
मंगलबार बेलुका आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष कंडेलले नेतृ गुरुङ छानविन लम्ब्याउने र ६ जनालाई फुटाउने दाउमा लागेको भन्दै आलोचना गरे । बारम्बार लिखित तथा मौखिक अनुरोध गर्दा बेवास्ता गरि अध्यक्ष पुनम गुरुङ स्वेइच्छाचारी ढंगले अघि बढेपछि अदालत पुग्नु परेको दावी कंडेलले गरे । ‘आर्थिक अनियमितता, छानविन गर्न नदिने, नेतृत्वको स्वेच्छाचारी कदम, अपारदर्शी कार्य प्रणाली र एनआरएनए यूकेका पंजिकृत सदस्यका डेटा दुरुपयोगलगायतका बिषयमा अदालतमा कुरा उठाएका छौं,’ उपाध्यक्ष कंडेलले भने, ‘विधि र विधान तथा कानून प्रणालीमा अल्पमत, बहुमतका आधारमा निर्णय हुन सक्दैन ।’
एनआरएनए यूकेको अनियमितता छानविन गर्ने अधिकार विधानले लेखा समितिलाई दिएको हुनाले अमुक समिति बनाउने कार्य आर्थिक ढाकछोप गर्ने कामका रुपमा आफूहरुले लिएको बताए । उपाध्यक्ष कंडेलले ‘विधि विधान विपरीत बहुमत सदस्यहरुका नाममा बनाएको तीन सदस्यीय छानविन समितिलाई अस्वीकार गर्ने जनाए ।
पूर्वउपाध्यक्ष सुनारले पूर्वअध्यक्षहरु पक्ष-विपक्षमा लागेकै कारण एनआरएनए यूके लथालिंग भएका दावी गरे । उनले आर्थिक पारदर्शीताका लागि समन्वयकारी काम गर्न आग्रह गरे । १४ महिनासम्म हिसाब देखाउन नसकेको आरोप सुनारको छ ।
अगष्ट ३० तारेखको बैठकमा उपाध्यक्ष कँडेलले अध्यक्ष आफैले आफनो नेतृत्वमा बनाएको छानविन समिति खारेज गरी स्वतन्त्र लेखा समिति गठन गर्न प्रस्ताव गरेका थिए । कँडेल र उपाध्यक्ष गहामगरको विधान अनुसार छानविन समिति बनाउने प्रस्तावलाई अस्वीकार गर्दै अध्यक्ष गुरुङ्गले चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डे, डा. मुकुन्द बास्तोला र बुद्धि गुरुङ रहेको छानविन समिति बनाएकी थिइन् ।
मंगलबार साँझको उक्त पत्रकार सम्मेलनमा गहामगर, कंडेल, पोखरेल, कार्की, गुरुङ र सुनार उपस्थित भए । पत्रकार शिव भण्डारीले संचालन गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङ र पूर्वअध्यक्ष फगामीको ढिलोसुस्तीका वीच पनि कानुनी कारवाही प्रक्रिया अघि बढिरहेको उनीहरुले जनाए ।
‘पदको बार्गेनिङ होइन’
एनआरएनए यूकेका पदाधिकारीहरु तथा इंग्ल्याण्ड राज्यपरिषद् उपाध्यक्ष गुरुङले आफु हरुले शुरु गरेको कानूनी कारवाही पदको बार्गेनिङ नभएको बताए । उनीहरुले पदका लागि भन्दा पनि स्वच्छ र पारदर्शी एनआरएनए यूके बनाउन आर्थिक अनियमितता छानविनका लागि अदालत पुग्नु परेको बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा