लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी सोमबार दोस्रो पटक देशभर लकडाउन घोषणा गर्ने भएका छन । कोभिड १९ संक्रमणदर ह्वात्तै वृद्धि भएपछि बेलायत सरकारले देशभर एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गर्ने तयारी गरेको बिबिसिले जनाएको हो। प्रधानमन्त्री जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि आगामी सोमबार दोश्रो राष्ट्रिय लकडाउन घोषणा गर्दैछन ।
‘स्टे होम’को निर्देशन दिने गरि सोमबार हुने घोषणामा स्कुल, कलेज र विश्वविद्यालयमा नयां नियम लागू नहुने बिबिसीले उल्लेख गरेको छ । बीबीसीले एक दस्तावेजलाई उल्लेख गरि प्रकासित गरेको समाचारमा लकडाउन नगरिए धेरै भन्दा धेरै मानिसको मृत्यु हुने जनाइएको छ । उक्त दस्तावेजमा दैनिक मृत्युदर ४ हजार बढी हुने उल्लेख छ ।
पहिलो पटक लकडाउन गर्दा बेलायतमा दैनिक एक हजारसम्म मानिसको मृत्यु भएको थियो ।
सरकारको प्यान्डामिक मोडलिङ ग्रुप ‘एसपीआइ एम’ ले तयार पारेको दस्तावेज प्रधानमन्त्री जोन्सनले अध्ययन गरिसकेका छन । दस्तावेजमा डिसेम्बरमा अस्पतालमा विरामीको चाप र मृत्युदर बढने अनुमान गरिएको छ ।
बैज्ञानिक सल्लाहकारहरुको समूह सेज ग्रुपले जाडो यामका बेला झण्डै ८५ हजार मानिसको निधन हुन सक्ने अनुमान गरेको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी