लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी सोमबार दोस्रो पटक देशभर लकडाउन घोषणा गर्ने भएका छन । कोभिड १९ संक्रमणदर ह्वात्तै वृद्धि भएपछि बेलायत सरकारले देशभर एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गर्ने तयारी गरेको बिबिसिले जनाएको हो। प्रधानमन्त्री जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि आगामी सोमबार दोश्रो राष्ट्रिय लकडाउन घोषणा गर्दैछन ।
‘स्टे होम’को निर्देशन दिने गरि सोमबार हुने घोषणामा स्कुल, कलेज र विश्वविद्यालयमा नयां नियम लागू नहुने बिबिसीले उल्लेख गरेको छ । बीबीसीले एक दस्तावेजलाई उल्लेख गरि प्रकासित गरेको समाचारमा लकडाउन नगरिए धेरै भन्दा धेरै मानिसको मृत्यु हुने जनाइएको छ । उक्त दस्तावेजमा दैनिक मृत्युदर ४ हजार बढी हुने उल्लेख छ ।
पहिलो पटक लकडाउन गर्दा बेलायतमा दैनिक एक हजारसम्म मानिसको मृत्यु भएको थियो ।
सरकारको प्यान्डामिक मोडलिङ ग्रुप ‘एसपीआइ एम’ ले तयार पारेको दस्तावेज प्रधानमन्त्री जोन्सनले अध्ययन गरिसकेका छन । दस्तावेजमा डिसेम्बरमा अस्पतालमा विरामीको चाप र मृत्युदर बढने अनुमान गरिएको छ ।
बैज्ञानिक सल्लाहकारहरुको समूह सेज ग्रुपले जाडो यामका बेला झण्डै ८५ हजार मानिसको निधन हुन सक्ने अनुमान गरेको छ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता