लण्डन । कोरोना भाइरसको दोस्रो लहर आउन लागेको अवस्थामा बेलायतस्थित नेपाली समुदायलाई लक्षीत गरी नेपाल पत्रकार महासंघ युके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने भएको छ ।
शाखाको बुधबार बसेको बैठकले नेप्लिज डक्टर्स एसोसिएसन युके, नेप्लिज नर्सेज एसोसिएसन युके र गैरआवासीय नेपाली संघ युकेको स्वास्थ्य समितिसंग मिलेर सो सम्वाद शुरु गर्ने निर्णय गरेको हो ।
नोभेम्बरको पहिलो सातादेखि कम्तीमा तीन महिना सञ्चालन हुने सो सम्वादमा सर्वसाधारणले बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुसंग आफ्ना जिज्ञासा राख्ने अवसर पाउने छन् । सो सम्वाद सञ्चालनका लागि शाखाले वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालको संयोजकत्वमा एक समिति बनाएको छ । समितिमा उपाध्यक्ष बिमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी र जगन कार्की रहेका छन् । अरु सदस्य आवश्यकताअनुसार संयोजकले थप गर्न सक्ने अधिकार दिइएको छ ।
यसैगरी, बैठकले शाखाका सदस्यहरुको वृत्तिविकासका लागि भर्चुअल तालिम लगायतका कार्यक्रम गर्न शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई संयोजक तोकेको छ ।
दुवै वृत्तिविकास तथा स्वास्थ्य सम्वाद समितिको सल्लाहकारमा वरिष्ठ पत्रकार भगिरथ योगी रहेका छन् ।
शाखाले नोभेम्बर २९ तारिखका दिन भर्चुअल साधारण सभा गर्ने निर्णय गरेको छ । सो साधारणसभाको संयोजनको जिम्मा उपाध्यक्ष बिमला सेनेलाई दिइएको छ ।
यसैगरी शाखाले स्थापना गरेको १ हजार पाउण्ड राशीको पत्रकारिता पुरस्कारको कार्यविधि बनाउन सचिव जगन कार्कीलाई जिम्मा दिइएको छ ।
बैठकले कोरोना संक्रमणका कारण ज्यान गुमाएका नेपाल पत्रकार महासंघ कुवेत शाखाका सहसचिव गोपाल सिवा र मध्यपूर्वका पत्रकार रोशन श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै एक शोक प्रस्ताव पनि पारित गरेको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी