लण्डन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले वृद्धावस्थाका मानिसहरुमा उल्लेख्य रोगप्रतिरोध गर्ने क्षमता बढाएको पाइएको छ ।
सो खोपको उत्पादनको जिम्मा पाएको ओैषधि निर्माता कम्पनी आष्ट्राजेन्काका अनुसार परीक्षणका क्रममा सो खोप दिइएका वृद्धावस्थाका मानिसहरुमा टी सेल र एन्टीबडीको विकास गरेको पाइएको छ । यसबाट खोपले उनीहरुलाई भाइरसबाट बचाउन सक्ने देखिएको बताइएको छ । कोभिड १९ बाट असाध्यै असर गर्ने समूहमा पाको उमेर समूह पनि पर्दै आएको छ । उमेर बढ्दै जाँदा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुँदै जाने र खोपले पनि यस उमेर समूहमा खासै सहयोग गर्न नसक्ने आशंका गरिँदै आएको बेलामा यो कुरा बाहिर आएको हो ।
वृद्धावस्थाका मानिसहरुमा गत जुलाईमा गरिएको रक्तजाँचबाट सो परिणाम आएको हो । ‘द लान्सेट’ जर्नलमा प्रकाशित विश्लेषणअनुसार खोप दिइएको ती वृद्धावस्थाका मानिसहरुमा ५६ दिनसम्म प्रतिरोधात्मक क्षमता देखिएको थियो । परीक्षणको नतिजाले वृद्धावस्थाका मानिसहरुका लागि खोप सुरक्षित र प्रभावकारी छ भन्ने पूर्ण ग्यारेन्टी नगरे पनि अनुसन्धानकर्ताहरुलाई भने उत्साहित बनाएको बताइएको छ ।
नट्टिङघम विश्वविद्यालका भाइरोलोजीका प्राध्यापक जोनाथन बलले यदि अनुसन्धानमा देखिएअनुसार ५५ वर्षमाथिका मानिसहरुमा पनि प्रतिरोधात्मक क्षमता विकास गरेको हो भने त्यो आशालाग्दो संकेत भएको बताए । तर खोपले वृद्धावस्थाका मानिसहरुलाई खतरनाक रोगहरुबाट सुरक्षा गर्छ कि गर्दैन भन्ने कुरा नै महत्वपूर्ण रहेको भन्दै उनले त्यसको पूर्ण जानकारी भने खोपको तेस्रो चरणको परीक्षणबाट मात्र पाइने बताए ।
बेलायती प्रधानमन्त्री कार्यालय नजिकको स्रोतको हवाला दिँदै फाइनान्सियल टाइम्सले एनएचएस कर्मचारीलाई छिटोमा जनवरीसम्ममा कोरोना भाइरसविरुद्धको खोप दिइनेमा सरकार आशावादी रहेको समाचार प्रकाशन गरेको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त