लण्डन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले वृद्धावस्थाका मानिसहरुमा उल्लेख्य रोगप्रतिरोध गर्ने क्षमता बढाएको पाइएको छ ।
सो खोपको उत्पादनको जिम्मा पाएको ओैषधि निर्माता कम्पनी आष्ट्राजेन्काका अनुसार परीक्षणका क्रममा सो खोप दिइएका वृद्धावस्थाका मानिसहरुमा टी सेल र एन्टीबडीको विकास गरेको पाइएको छ । यसबाट खोपले उनीहरुलाई भाइरसबाट बचाउन सक्ने देखिएको बताइएको छ । कोभिड १९ बाट असाध्यै असर गर्ने समूहमा पाको उमेर समूह पनि पर्दै आएको छ । उमेर बढ्दै जाँदा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुँदै जाने र खोपले पनि यस उमेर समूहमा खासै सहयोग गर्न नसक्ने आशंका गरिँदै आएको बेलामा यो कुरा बाहिर आएको हो ।
वृद्धावस्थाका मानिसहरुमा गत जुलाईमा गरिएको रक्तजाँचबाट सो परिणाम आएको हो । ‘द लान्सेट’ जर्नलमा प्रकाशित विश्लेषणअनुसार खोप दिइएको ती वृद्धावस्थाका मानिसहरुमा ५६ दिनसम्म प्रतिरोधात्मक क्षमता देखिएको थियो । परीक्षणको नतिजाले वृद्धावस्थाका मानिसहरुका लागि खोप सुरक्षित र प्रभावकारी छ भन्ने पूर्ण ग्यारेन्टी नगरे पनि अनुसन्धानकर्ताहरुलाई भने उत्साहित बनाएको बताइएको छ ।
नट्टिङघम विश्वविद्यालका भाइरोलोजीका प्राध्यापक जोनाथन बलले यदि अनुसन्धानमा देखिएअनुसार ५५ वर्षमाथिका मानिसहरुमा पनि प्रतिरोधात्मक क्षमता विकास गरेको हो भने त्यो आशालाग्दो संकेत भएको बताए । तर खोपले वृद्धावस्थाका मानिसहरुलाई खतरनाक रोगहरुबाट सुरक्षा गर्छ कि गर्दैन भन्ने कुरा नै महत्वपूर्ण रहेको भन्दै उनले त्यसको पूर्ण जानकारी भने खोपको तेस्रो चरणको परीक्षणबाट मात्र पाइने बताए ।
बेलायती प्रधानमन्त्री कार्यालय नजिकको स्रोतको हवाला दिँदै फाइनान्सियल टाइम्सले एनएचएस कर्मचारीलाई छिटोमा जनवरीसम्ममा कोरोना भाइरसविरुद्धको खोप दिइनेमा सरकार आशावादी रहेको समाचार प्रकाशन गरेको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]