लण्डन । कोरोना भाइरसको महामारी चर्किएकै बेला बेलायतमा ठगहरुको सक्रियता पनि उत्तिकै देखिएको छ ।
सरकारले कोरोना भाइरस नियन्त्रणका लागि कोभिड मार्शल नियुक्त गरेसँगै ठगहरुले नक्कली कोभिड मार्शल र स्वास्थ्य कार्यकर्ताको वेश धारण गरेर मानिसहरुको घरघरमा पुग्ने प्रयास गरिररहेको पाइएको छ ।
चार्टर्ड ट्रेडिङ स्ट्याण्डर्ड इन्स्टिच्यूट (सीटीएसआइ) का अनुसार कोभिड मार्शलहरुलाई सामाजिक दुरी कायम गराउने, जरिवाना गर्ने, निजी घरमा प्रवेश गर्ने अधिकार हुँदैन ।
उनका अनुसार ठगी गर्ने तरिकाहरु धेरै किसिमका छन् । कसैले फ्लुको खोप लगाइदिने बहानामा घरभित्र पस्न खोजेको पनि पाइएको उनको भनाइ छ । उनले सर्वसाधारणलाई यस्ता कुराहरु एकआपसमा फैलाउन र मानिसहरुलाई ठगिनबाट जोगिन अपील गरेकी छिन् ।
बेडफोर्डसायर प्रहरीले सेप्टेम्बर महिनामा दुई जना मानिसहरुले नक्कली कोभिड मार्शल बनेको पाइएको बारेमा अनुसन्धान गरिरहेको बताएको थियो । ती नक्कली कोभिड मार्शलहरुले आफूहरुलाई प्रहरीले कोरोना सम्बन्धी निर्देशनहरु पालना भए नभएको जाँच गर्न पठाएको भन्दै घरभित्र पस्न खोजेका थिए । उनीहरुले घरभित्र पस्न नदिएमा जरिवाना गर्ने धम्की पनि दिएका थिए ।
प्रहरीका अनुसार घरधनीले ती कोभिड मार्शल भनाउँदा व्यक्तिहरुलाई परिचय पत्र देखाउन आग्रह गरेका थिए । तर उनीहरुले परिचय पत्र देखाउन सकेनन् । घरधनीले प्रवेश नदिए पछि उनीहरु घरबाट फर्किएका थिए ।
बेडफोर्डसायर प्रहरीका लेस्ली जोन्सनले सो घटनाबाट घरधनी भयभीत भएको बताए । उनले सबैलाई आफ्नो सुरक्षामा सचेत रहन र ठगीको जोखिममा रहेका साथीहरु र आफन्तलाई पनि सजग बनाउन अनुरोध गरे ।
यसअघि नै कोरोना भाइरससँग सम्बन्धित ठगीबाट हजारौँ मानिस ठगिएको एक्सन फ्रड नामक संस्थाले जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने