लण्डन । बेलायतमा घरको किनबेचमा २१ प्रतिशतले वृद्धि भएको छ ।
रोयटर्सका अनुसार सेप्टेम्बर महिनामा मात्र ९८ हजार १० वटा घरको किनबेच भएको थियो। जबकि अगष्टमा ८० हजार ७९० वटा घरको किनबेच भएको थियो । विश्लेषकहरुले बेलायतमा घरको किनबेच कोरोना महामारीभन्दा अघिको अवस्थामा पुग्न लागेको आँकलन गरेका छन् ।
गत वर्षको सेप्टेम्बर महिनाको बिक्रीको तुलनामा यस वर्षको बिक्री शुन्य दशमलव ७ प्रतिशत मात्र थोरै रहेको छ । जबकि बैँक अफ इङल्याण्डका अनुसार बेलायतको अर्थतन्त्र सेप्टेम्बरमा कोरोना पूर्वको अर्थतन्त्रभन्दा ९ प्रतिशतले सानो छ ।
घरको लगातारको माग र सरकारले करमा दिएको छुटका कारण घरको बिक्री बढेको अनुमान गरिएको छ ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले घरको बिक्री बढ्नाले सरसफाइ गर्नेहरु, घर सिँगार्नेहरु, मर्मत गर्नेहरु सबैले लाभ लिने बताएका छन् ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले अगष्ट महिनामा बेलायतमा घरको भाउ साढे २ प्रतिशतले वृद्धि भएको जनाएको छ । उता मोर्गेज प्रदायकहरुमध्ये एक हालिफ्याक्स बैँकले सेप्टेम्बर महिनामा ७.३ प्रतिशतले मोर्गेज आवेदन बढेको बताएको छ । उसले यो वृद्धि सन् २००६ यताकै भएको पनि जनाएको छ ।
घरको माग पहिले लण्डन क्षेत्रमा रहने गरेकोमा महामारीपछि लण्डन र शहरी क्षेत्रहरुभन्दा ग्रामीण र शहरभन्दा बाहिरी क्षेत्रमा सरेको बताइएको छ । घरैबाट काम गर्न सकिने भएकाले यस्तो भएको बताइएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त