लण्डन । बेलायती सेनामा ६५ वर्षसम्म काम गर्न दिइने भएको छ ।
डेली मेलका अनुसार हाल २२ वर्ष सेवा अवधि पुगेपछि सेनाबाट निवृत्त हुनुपर्ने प्रावधान रहेकोमा केही निश्चित सीप भएका सैनिकहरुलाई ६५ वर्षको उमेरसम्म सेवा गर्न दिइने छ । यसबाट बेलायती सेनामा कार्यरत गोरखाहरु पनि लाभान्वीत हुनसक्ने आशा गरिएको छ ।
‘दक्ष जनशक्तिलाई नगुमाउन’ सो व्यवस्था गरिएको बताइएको छ ।
विशेषगरी जासुसी, इन्जिनियरिङ, सर्भेइङ र प्रशासनिक दक्षता भएका सैनिकहरुलाई ६५ वर्षसम्म वा बेलायतमा अवकास पाउने उमेरसम्म सेवा गर्न दिइने छ ।
हाल कायम रहेको व्यवस्थामा ५५ वर्षको उमेरभित्र सेवाबाट अवकास लिनैपर्ने अवस्था छ ।
नयाँ व्यवस्थाले नियमित र जगेडा आर्मीका केही क्षेत्रमा ६५ वर्षको उमेरसम्म सेवा गर्न पाइने निश्चित गरेको छ ।
सेनाले नयाँ व्यवस्थालाई ‘केस वाइ केस’का आधारमा निर्णय गर्ने बताइएको छ ।
जासुसी सेवा र एरोनेटिकल इन्जिनियरिङ सेवाका सैनिकहरुलाई ६५ वर्षको उमेरसम्म सेवा गर्न उत्प्रेरित गरिएको छ ।
लेफ्टिनेण्ट कर्णेल म्याट ब्रोकल्सबीले विशेष सीप भएका सैनिकहरुलाई सामान्य सेवा अवधिभन्दा धेरै वर्ष सेवा गरी सामान्य अवकास पाउने उमेर ६५ वर्षसम्म सेवा गर्ने संयन्त्र बनेको बताएका छन् ।
सन् २०१४ मा सेनाले पूर्व नियमित सेनालाई जगेडा सेनामा भर्ना हुने अधिकतम उमेर ४३ वर्षबाट बढाएर ५२ वर्ष बनाएको थियो । सेनामा जनशक्तिको कमी हुन थालेपछि सो परिवर्तन गरिएको थियो ।
यस्तै विशेष सीपयुक्त सेवामा भर्ना हुन चाहने नागरिकहरुको उमेर पनि ४५ वर्षबाट बढाएर ५० वर्ष पुर्याइएको थियो तर उनीहरु भाषामा र स्वास्थ्य जाँचमा भने पास हुनु पर्नेछ ।
नाम बताउन नचाहने एक सैनिकलाई उद्धृत गर्दै डेली मेलले लेखेको छ, ”हरेक महिना सयाैँ अनुभवी सैनिकहरु गुमाइरहेको बेलायती रक्षा मन्त्रालय बल्ल ब्यँझिए जस्तो छ । कसैलाई ४० वर्ष कट्नासाथ अवकास दिने कसैलाई हजुबा हुन्जेलसम्म सेवा दिने अवस्था देखिएको छ । तर नयाँ निर्णयले सेनालाई राम्रै गर्नेछ ।”
बेलायती रक्षा मन्त्रालयका प्रवक्ताले ‘हामी हाम्रो सेनामा काम गरेका सैनिकहरुको विविधतायुक्त अनुभव र सीपको सम्मान गर्छौं । त्यसैकारण विशेषज्ञता भएका सैनिकहरुको सेवा अवधि लम्ब्याउने दिएका हौँ’ भनेका छन्।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त