लण्डन । बेलायती सेनामा ६५ वर्षसम्म काम गर्न दिइने भएको छ ।
डेली मेलका अनुसार हाल २२ वर्ष सेवा अवधि पुगेपछि सेनाबाट निवृत्त हुनुपर्ने प्रावधान रहेकोमा केही निश्चित सीप भएका सैनिकहरुलाई ६५ वर्षको उमेरसम्म सेवा गर्न दिइने छ । यसबाट बेलायती सेनामा कार्यरत गोरखाहरु पनि लाभान्वीत हुनसक्ने आशा गरिएको छ ।
‘दक्ष जनशक्तिलाई नगुमाउन’ सो व्यवस्था गरिएको बताइएको छ ।
विशेषगरी जासुसी, इन्जिनियरिङ, सर्भेइङ र प्रशासनिक दक्षता भएका सैनिकहरुलाई ६५ वर्षसम्म वा बेलायतमा अवकास पाउने उमेरसम्म सेवा गर्न दिइने छ ।
हाल कायम रहेको व्यवस्थामा ५५ वर्षको उमेरभित्र सेवाबाट अवकास लिनैपर्ने अवस्था छ ।
नयाँ व्यवस्थाले नियमित र जगेडा आर्मीका केही क्षेत्रमा ६५ वर्षको उमेरसम्म सेवा गर्न पाइने निश्चित गरेको छ ।
सेनाले नयाँ व्यवस्थालाई ‘केस वाइ केस’का आधारमा निर्णय गर्ने बताइएको छ ।
जासुसी सेवा र एरोनेटिकल इन्जिनियरिङ सेवाका सैनिकहरुलाई ६५ वर्षको उमेरसम्म सेवा गर्न उत्प्रेरित गरिएको छ ।
लेफ्टिनेण्ट कर्णेल म्याट ब्रोकल्सबीले विशेष सीप भएका सैनिकहरुलाई सामान्य सेवा अवधिभन्दा धेरै वर्ष सेवा गरी सामान्य अवकास पाउने उमेर ६५ वर्षसम्म सेवा गर्ने संयन्त्र बनेको बताएका छन् ।
सन् २०१४ मा सेनाले पूर्व नियमित सेनालाई जगेडा सेनामा भर्ना हुने अधिकतम उमेर ४३ वर्षबाट बढाएर ५२ वर्ष बनाएको थियो । सेनामा जनशक्तिको कमी हुन थालेपछि सो परिवर्तन गरिएको थियो ।
यस्तै विशेष सीपयुक्त सेवामा भर्ना हुन चाहने नागरिकहरुको उमेर पनि ४५ वर्षबाट बढाएर ५० वर्ष पुर्याइएको थियो तर उनीहरु भाषामा र स्वास्थ्य जाँचमा भने पास हुनु पर्नेछ ।
नाम बताउन नचाहने एक सैनिकलाई उद्धृत गर्दै डेली मेलले लेखेको छ, ”हरेक महिना सयाैँ अनुभवी सैनिकहरु गुमाइरहेको बेलायती रक्षा मन्त्रालय बल्ल ब्यँझिए जस्तो छ । कसैलाई ४० वर्ष कट्नासाथ अवकास दिने कसैलाई हजुबा हुन्जेलसम्म सेवा दिने अवस्था देखिएको छ । तर नयाँ निर्णयले सेनालाई राम्रै गर्नेछ ।”
बेलायती रक्षा मन्त्रालयका प्रवक्ताले ‘हामी हाम्रो सेनामा काम गरेका सैनिकहरुको विविधतायुक्त अनुभव र सीपको सम्मान गर्छौं । त्यसैकारण विशेषज्ञता भएका सैनिकहरुको सेवा अवधि लम्ब्याउने दिएका हौँ’ भनेका छन्।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]