लण्डन । अल्डरसटबाट शुक्रबार साँझदेखि एक नेपाली महिला सम्पर्कविहीन भएकी छिन् ।
ह्याम्पसायर प्रहरीका अनुसार ६५ वर्षीया देवी लिम्बु शुक्रबार साँझ ५ बजे अल्डरसटको क्वीन्स रोडमा हिँड्दै गरेको देखिएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहीन भएकी छिन् ।
प्रहरीले उनको सुरक्षाका बारेमा चासो व्यक्त गर्दै सर्वसाधारणलाई उनका बारेमा जानकारी दिन अनुरोध गरेको छ ।
करिब ५ फिट २ इन्च अग्ली लिम्बुको लामो कालो कपाल भएको र अगाडितिर फुलेको कपाल भएको बताइएको छ ।
पछिल्लोपटक उनलाई शरीरको माथिल्लो भागमा राताे कपडा लगाएको, सम्भवत रातो र कालो टिकटिक भएको पुरा बाहुला नभएको स्वेटरमाथि फ्लीस ज्याकेट लगाएको अवस्थामा देखिएको थियो । उनले रङ्गीचङ्गी लुङ्गी, रातो मोजा, कालो जुत्ता र पहेँले पटुका लगाएको पनि बताइएको छ ।
पछिल्लो समय देखिँइदा उनले नीलो प्लाष्टिकको झोला बोकेको अवस्थामा देखिएकी थिइन् ।
प्रहरीले उनका बारेमा जानकारी भएमा १०१ वा ९९९ मा फोन गरी २०२०१०१६-२२४८ रिफरेन्स उल्लेख गरी खबर गर्न अनुरोध गरेको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]