लण्डन । कोरोना भाइरसको महामारीका कारण बेलायतमा बेरोजगारीको संख्या विगत तीन वर्षकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार जुन-जुलाई-अगष्ट सम्ममा बेरोजगारीको दर ४ दशमलव ५ प्रतिशतले बढेको छ । जबकि सोभन्दा अघिल्ला तीन महिनामा सो दर ४ दशमलव १ प्रतिशत रहेको थियो ।
कार्यालयले जागिर कटौती सन् २००९ यताकै उच्च विन्दुमा पुगेको बताएको छ ।
सरकारले कोरोना भाइरस नियन्त्रणका लागि तीन तहको सतर्कता अपनाई कडाइ गर्ने घोषणा गरेकै भोलिपल्ट यो तथ्याङ्क आएको हो ।
कार्यालयका डेपुटी तथ्यांकशास्त्री जोनाथन आथोले मार्चयता मानिसहरुले जागिर गुमाउने र जागिर खोज्ने क्रम अति नै बढेको बताए ।
महामारी शुरु भएयता करिब ५ लाख मानिसले बेलायतमा जागिर गुमाएको अनुमान गरिएको छ । जसमा युवावर्ग सबैभन्दा प्रभावित रहेको उनले बताए । १६ देखि २४ वर्ष उमेर समूहका ३ लाख मानिसहरु रोजगारविहीन भएको र यो संख्या कूल बेरोजगार संख्याको ६० प्रतिशत रहेको बताइएको छ।
धेरैजसो जागिर गुमाउनेहरुमा हस्पिटालिटी, ट्राभल र रिक्रुटमेण्ट क्षेत्रका रहेको उनले बताए।
कार्यालयका अनुसार बेरोजगार भएर सरकारसित भत्ता आवेदन गर्नेहरुको संख्या सेप्टेम्बरमा २७ लाख पुगेको बताएको छ ।
यसै महिनादेखि सरकारले ठूलो संख्यामा जागिर कटौती नहोस् भनी ल्याएको फर्लो योजना पनि सकिने भएपछि बेरोजगारको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
सीटी बैँकका एक विश्लेषकले अर्को वर्षको आधासम्ममा बेरोजगारीको दर ८ दशमलव ५ प्रतिशतसम्म पुग्नसक्ने आँकलन गरेका छन् । जुन सन् १९९० यताकै सबैभन्दा उच्च हुने छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]