लण्डन । नेपाली राजदूतावास लण्डनले बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित नेपाली चलचित्र महोत्सवको आयोजना गरेको छ ।
हिजो दुताबासमा सो कार्यक्रममा बेलायतमा रहेका निर्देशक कुशल श्रेष्ठद्वारा निर्देशित “दुख्ने मुटु” र “अधर” नामक दुई वटा म्युजिक भिडियोहरु तथा निर्देशक सनमकुमार वैरागद्वारा निर्देशित “शून्य” नामक लघु चलचित्रको संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीबाट लोकार्पण भएको थियो।
बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक यस चलचित्र महोत्सवको आयोजना गरिएको दुताबासले जनाएको छ ।
उक्त महोत्सवमा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरुलाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो प्रस्तुति गरिएको थियो । साथै बेलायतमा रहेका प्रसिद्ध नाटक तथा चलचित्र निर्देशक तथा कलाकार सनमकुमार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास र विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
बेलायतमा रहेर नेपाली चलचित्र, नाटक, कला तथा संगीतको विकास, प्रचारप्रसार तथा लोकप्रियता अभिवृद्धिमा योगदान पुर्याउनुहुने निर्माता, निर्देशक तथा कलाकारहरुलाई महामहिम राजदूतले सम्मान गर्नुभएको थियो।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने