लण्डन । बेलायत सरकारले स्टेट पेन्सन पाउनका लागि ६६ वर्ष पुगेको हुनुपर्ने गरी नियम परिमार्जन गरेको छ ।
यसअघि ६५ वर्ष पुगेपछि स्टेट पेन्सन पाउने प्रावधान रहेकोमा आजदेखि सो पेन्सन पाउन एक वर्ष उमेर बढाइएको हो ।
नयाँ नियमअनुसार सन् १९५४ अक्टोबर ६ देखि ५ अप्रिल १९६० भित्र जन्मेकाहरुले सरकारले दिने स्टेट पेन्सन पाउन ६६ वर्षसम्म कुर्न पर्ने भएको छ ।
नयाँ नियमअनुसार ६ अप्रिल १९६० पछि जन्मेकाहरुले भने ६७ वर्ष पुगेपछि मात्र स्टेट पेन्सन पाउने छन् ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले मुद्रा स्फितिलाई कायम गर्न हरेक वर्ष साढे दुई प्रतिशतका दरले स्टेट पेन्सन वृद्धि गर्ने पिन बताएका छन् ।
नयाँ स्टेट पेन्सन पाउनेहरुले हरेक साता १७५ दशमलव २० पाउण्ड पाउने छन् । पूरा स्टेट पेन्सन पाउन विभिन्न मापदण्डहरु पूरा गर्नपर्छ ।
मानिसहरुको ओैसत आयु वृद्धि भएसँगै स्टेट पेन्सन पाउने उमेर पनि परिवर्तन भएको हो ।
सामान्यत बेलायतको न्याशनल इन्स्योरेन्समा १० वर्ष योगदान गरेकाहरु स्टेट पेन्सन पाउने उमेर पुगेपछि सो पेन्सन पाउन योग्य ठहरिन्छन् ।
बेलायतमा सन् १९४८ देखि स्टेट पेन्सन प्रचलनमा छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]