लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनको तयारी पुरा भएको छ ।
शनिबार बिहान औपचारिक रुपमा उद्घाटन हुने भर्चुअल क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनको तयारी पूरा भएको जानकारी संघका युरोप संयोजक नारायण आचार्यले दिएका हुन ।
विज्ञ सम्मेलनमा ५ वटा सेसनमा कार्यक्रममा हुनेछ । आचार्यका अनुसार कार्यक्रमको उद्धघाटन सत्रमा धेरै वक्ताहरु समेट्न पर्ने वाध्यता वीच छोटो र राम्रो बनाउने प्रयास भएको छ ।
शनिवारको युरोप क्षेत्रीय सम्मेलनलाई पर्यटन मन्त्री योगेश भट्टराई, पूर्वपररास्ट्र मन्त्री डा. प्रकाशशरण महत, पूर्व स्वास्थ्यमन्त्रीद्वय गगन थापा र गंगाधर तुलाधार, संघका पूर्वअध्यक्षहरु लगायतले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रबासमा पत्रकारिता र एनआरएनसंगको सम्बन्ध

त्यसैगरि, युरोप उप-संयोजक शुक्रराज न्यौपानेको संयोजकत्वमा गठित मिडिया समितिद्वारा ‘प्रबासमा पत्रकारिता र एनआरएनसंगको सम्बन्ध’ बिषयक मिडिया सेसन आयोजना हुदैछ। उक्त सेसनमा एनआरएनका केन्द्रिय प्रबक्ता डि बी क्षेत्रीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बीबीसी नेपाली सेवामा काम गरिसक्नु भएका पत्रकार भगीरथ योगी र युरोपस्थित पत्रकारहरुद्वारा कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुने कार्यक्रम रहेको उक्त सेसनका प्रस्तोता तथा समितिका सदस्य सचिव बिपिन निरौलाले बताए ।
त्यस्तै युरोप उप-संयोजक कृष्ण तिमल्सेनाको संयोजकत्वमा एनआरएनए आइसीसी र अर्का युरोप उप-संयोजक मुक्त गुरुङको संयोजकत्वमा एनआरएन एनसीसी संगको सेसन संचालन हुदैछ।
“मातृभूमिका लागि सीप र ज्ञान, युवा तथा महिलाका लागि हाम्रो अभियान” सम्मेलनको मूल नारा रहेको छ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]