लण्डन । नेपाल सरकारले गैर आवासीय नेपाली संघ (एनआरएएन) लाई ‘भर्चुअल महाअधिवेशन’ गर्न सकारात्मक रहेको पत्राचार गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको विशेष अधिवेशनका लागिअनुरोध गरेपनि प्रस्ताव विपरीत महाधिवेशनका लागि परराष्ट्र मन्त्रालयले विहीवार सकारात्मक धारणासहित पत्राचार गरेको हो । गत साउन अन्तिम साता संघले गरेको पत्राचारको जवाफमा परराष्ट्रले जवाफ फर्काएको हो ।
परराष्ट्र मन्त्रालयद्वारा संघलाई पठाएको पत्रमा भर्चुअल महाधिवेशनको सुनिश्चितताको कागजपत्र पेश गर्न संघलाई निर्देशन दिएको छ । त्यस्तै, भर्चुअल महाधिवेशनमा पेश भएका एजेण्डाहरुमा संघको विधान अनुसार भएको निर्णयको पुष्टी गर्न भनेको छ ।
गत वर्ष सम्पन्न संघको महाधिवेशनमा पास हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश गर्न संघले बिशेष महाधिवेशन बोलाउन लागेपनि परराष्ट्रले महाधिवेशन उल्लेख गरेको छ । संघले आर्थिक प्रतिवेशन पास गर्न नसके पनि कारोबार गर्दै आएको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]