काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १७ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोनाबाट मुत्यु हुनेको सङ्ख्या ४५३ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा आठ हजार ६१४ र होम आइसोलेसनमा नौ हजार ८२३ कोरोना सङ्क्रमित रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४९७ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ११ हजार ४४९ जनाको पिसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिनुभयो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या ४५७ रहेको छ । हालसम्म ५० हजार ४११ जना निको भई घर फर्किएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना सङ्क्रमित भेटिएका छन् । यो सङ्ख्या देशभर देखिएको कुल सङ्क्रमितको ५० प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता