लन्डन । प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमण नियन्त्रणका लागि मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन ।बिबिसिका अनुसार नयाँ नियम घोषणा मंगलबार साझ हुनेछ । घोषणा अघि प्रधानमन्त्री जोन्सनले नयाँ नियमको प्रस्तावलाई संसदबाट पारित गराएर कानूनी मान्यता दिलाउने बताइन्छ ।
उनले आगामी बिहीबारदेखि नयाँ नियम लागु गर्ने घोषणा गर्दै बेलायतका पब तथा रेष्टुरेन्ट राती १० बजे नै बन्द गर्नु पर्ने बताएका छन । कोरोना भाइरस संक्रमितको संख्या बढन थालेपछि उनले थप कडा कदम चाल्न लागेका हुन ।
विहीबारदेखि लागू गरिने नयाँ नियमअनुसार बेलायतभरका पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी क्षेत्रका सबै व्यवसाय राती १० बजे बन्द गर्नु पर्नेछ । खुला रहेको समय पनि ‘टेबल सर्भिस’ मात्रै दिन पाइनेछ । बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेर अलर्ट लेभल ४ पुग्दै गर्दा सरकार थप सतर्कताको प्रयासमा जुटेको छ । यहाँका बैज्ञानिकहरुले समयमै सही कदम चाल्न नसके अक्टोबर दोस्रो सातासम्म नयाँ संक्रमणको केसहरु दैनिक ५० हजार पुग्न सक्ने चेतावनी दिएका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते