लण्डन । संविधान दिवसका अवसर पारेर नेपालका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट बेलायतका तीन नेपालीलाई विभूषण घोषणा भएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयद्वारा शनिबार सार्वजनिक विभूषण पाउने व्यक्तिहरुको सूचीमा बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी रवि लामिछाने (रविन्द्रजंग लामिछाने) सुप्रवल जनसेवा श्री तृतीयबाट विभूषित भएका छन् भने सोही विभूषणबाट बेलायतका लागि नेपाली राजदुता डा. दुर्गाबहादुर सुवेदी पनि सम्मानित भएका छन् ।
बेलायतमै रहेका प्रख्यात पर्वतारोही निर्मल पुर्जामगर कीर्तिमय राष्ट्रदीप चतुर्थबाट विभूषित भएका छन् ।
लामिछाने व्यवसायका अतिरिक्त समाजसेवामा पनि सक्रिय छन् भने एकल प्रयासमा ठाउँठाउँमा मन्दिर स्थापना गरिसकेका छन् ।
यसैगरी विगत चार वर्षदेखि बेलायतका लागि नेपालका राजदुत रहेका डा. सुवेदीको कार्यकालमा नेपालको बेलायतसितको उच्चस्तरीय भ्रमणहरु भएका छन् ।
पहिले बेलायती सैन्यसेवामा रहेका पर्वतारोही पुर्जाले विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल सात महिनामै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।
विभूषण पाउनेको सूचीमा आफ्नो नाम पाएपछि प्रतिक्रिया दिँदै लामिछानेले सो विभूषणले नेपालको हितका लागि अझै काम गर्न प्रोत्साहन गरेको बताए । दशकौँदेखि देशका लागि निस्वार्थ कार्य गर्दै आएको बताउँदै उनले सम्माननीय राष्ट्रपति र नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरे ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते