आफ्ना नातेदार पर्ने गरि मर्यादा मिचेरै भएपनि सरकारले नौ डिआईजीलाई एआईजीमा बढुवा गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको बढुवा गरेको हो ।
प्रधानमन्त्री उपचारार्थ अमेरिका जानुअघि सुरु भएको सात एआईजी बढुवा प्रक्रियालाई आजको मन्त्रिपरिषद्ले टुंगो लगाएको हो । सात जना मात्र बढुवा गर्नुपर्नेमा नौ जनाको बढुवा गरिएको छ ।
बढुवा भएका डिआइजीमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रवहादुर शर्मा, विज्ञानराज शर्मा, गणेश राई, नारायण बास्ताकोटी, प्रतापसिंह थापा, वीरेन्द्रवावु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउद छन् ।
त्यसैगरी, वैठकले १० जना सहसचिवलाई कामु सचिवमा बढुवा गरेको छ जसमा प्रेमचन्द्र राई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ईश्वरी पौडेल जल तथा उर्जा मन्त्रालय, जीवनप्रभा लामा राष्ट्रिय सूचना आयोग, शरदचन्द्र पौडेल बन मन्त्रालय, खुमराज कुन्जेली शान्ति तथा पुनर्निमार्ण मन्त्रालय, टंकमणि शर्मा सार्वजनिक खरिद आयोग, शुशीलबहादुर मल्ल सूचना तथा संचार छन् ।
त्यस्तै, पूर्वाञ्चल क्षेत्रिय प्रशासक विराटनगर अन्नपुणानन्द दास, पश्चिमांचल क्षेत्रिय प्रशासक दिनेश थपलिया र सुर्खेतमा क्षेत्रिय प्रशासक बिजय मल्लिकलाई सरुवा गरेको छ ।
सरकारले सिन्धुपाल्चोकलगायतका क्षेत्रमा गएको बाढीबाट नागरिकको मृत्यु भएकोमा दुख व्यक्त गरेको छ । मन्त्रिपरिषद्का सबै सदस्यहरुले सहयोग स्वरुप १५ दिनको तलव प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय पनि वैठकको छ । आपतकालिन अबस्थाका लागि प्रहरीलाई २४ सै घण्टा तयारीमा राख्ने निर्णय समेत भएको छ ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर