लण्डन । कोरोना भाइरसको संक्रमण घटाउन बेलायतका तीन राज्य इङल्याण्ड, स्कटल्याण्ड र वेल्समा छ जनाभन्दा जम्मा हुन नपाउने नियम लागू हुँदैछ ।
सरकारले जमघटका लागि लागू गरिएको नयाँ नियमले नियम उल्लंघन गर्नेहरुलाई चिन्न र हटाउन प्रहरीलाई सजिलो बनाउने विश्वास लिएको छ ।
तर राज्यपिच्छे के के गरेमा नियम उल्लंघन हुन्छ, नियम तोडे के हुन्छ भन्ने फरक फरक व्यवस्था छ ।
नयाँ नियम घरभित्र र बाहिर दुवै भेटघाटमा लागू हुनेछ ।
यो नियम इङल्याण्डमा सबै उमेर समूहलाई लागू हुनेछ भने वेल्समा ११ वर्ष मुनीका बाहेक सबैलाई र स्कटल्याण्डमा १२ वर्ष माथिका सबैमा लागू हुनेछ । नर्देन आयरल्याण्डमा भने दुई अलगअलग घरका ६ जना घरभित्र र घर बाहिर १५ जनासम्म भेटघाट गर्न पाउने छन् ।
पब, रेष्टुरेन्टहरुले अब ग्राहकको टेष्ट तथा ट्रयास सूचना कानुनत लिन पर्नेछ र २१ दिनसम्म राख्न पर्नेछ ।
को कोलाई यो नियम लाग्दैन ?
एउटै घरका वा रेखरेख गरिरहेका परिवारका ६ जनाभन्दा बढी भए पनि अझै भेटघाट गर्न पाउनेछन् ।
कार्यस्थल अथवा शैक्षिक क्षेत्रमा ६ जनाभन्दा बढी अझै भेट्न पाउँछन् ।
पूजा आराधना गर्ने स्थानहरु, जिमहरु, अतिथि सत्कारका क्षेत्रहरुमा अझै ६ जनाभन्दा बढी जम्मा हुन पाउने छन् ।
विवाह, अन्तिम सँस्कारमा इङल्याण्ड र वेल्समा ३०, स्कटल्याण्डमा २० जना सरिक हुन पाउनेछन् ।
समूहमा खेलिने खेलहरुमा कोरोनाबाट सुरक्षित वातावरण बनाइ ६ जनाभन्दा धेरै भेट्न पाउने छन् ।
नियम तोडे के हुन्छ ?
सरकारले बनाएको नयाँ नियम उल्लंघन गरेमा १०० पाउण्ड जरिवाना हुनेछ र पटकपटक नियम तोडेमा दोब्बर जरिवाना हुनेछ र ३ हजार २०० पाउण्डसम्म जरिवाना हुन सक्नेछ ।
प्रधानमन्त्री बोरिस जोन्सनका अनुसार ‘कोभिड सेक्युर मार्शल’ हरुले बजारमा नयाँ नियमको पालना गराउने छन् । सीमा बलले बेलायत भित्रिनेहरुलाई क्वारेन्टीनमा बसेको अनुगमन गर्नेछन् ।
नयाँ नियम किन ?
दैनिक कोरोना संक्रमणको दर बढेपछि त्यसलाई नियन्त्रण गर्न नयाँ नियम ल्याउनु परेको हो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते