लण्डन । कोरोना महामारीका कारण खुम्चिएको बेलायतको अर्थतन्त्र सुधार हुँदै गएको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार जुलाई महिनामा बेलायतको अर्थतन्त्र ६ दशमलब ६ प्रतिशतले वृद्धि भएको छ । यद्यपि महामारी पूर्वको अवस्थामा पुग्न धेरै नै बाँकी रहेको छ ।
बेलायतको अर्थतन्त्र लगातार तेस्रो महिना वृद्धि हुँदै गएको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार महामारीका कारण बेलायतले गुमाएकोमध्ये आधामात्र वृद्धि भएको छ ।
हेयरड्रेसरहरु, पवहरु र रेष्टुरेन्टहरुले जुलाईमा अर्थतन्त्र सुधार हुनमा मद्दत गरेको बताइएको छ । यी व्यवसायहरु जुलाईबाट खुलेका थिए ।
बीबीसीका अनुसार कोरोना महामारी शुरु हुनुपूर्व फेब्रुअरीको अर्थतन्त्रभन्दा जुलाईको अर्थतन्त्र ११ दशमलव ७ प्रतिशत सानो छ । जबकि जुन महिनामा पनि बेलायतको अर्थतन्त्र ८ दशमलव ७ प्रतिशतले सुधार भएको थियो ।
कोरोना भाइरसका कारण लकडाउनमा जाँदा बेलायतको अर्थतन्त्र अप्रिल महिनामा २०.४ प्रतिशतले खुम्चिएको थियो र बेलायतमा आर्थिक मन्दी शुरु भएको थियो ।
क्यापिटल इकोनोमिक्सका अर्थविद् थोमस पुगका अनुसार रेष्टुरेन्ट र पव खुल्नाले जुन र जुलाईमा फुड सर्भिस क्षेत्रमा १४० दशलब ८ प्रतिशतले सुधार आएको बताए । उनले इट आउट हेल्प आउट योजनाले अगष्ट महिनामा समेत थप सुधार आउने आशा व्यक्त गरे ।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक डारेन मोर्गानले उत्पादन क्षेत्र, कार बिक्री, मदिरा उद्योगमा आएको सुधारका कारण अर्थतन्त्र तङ्ग्रिँदै गएको बताए । उनले कारको बिक्रि महामारीपूर्वको समयमा पुगेको पनि बताए ।
विद्यार्थीहरु विद्यालयमा फर्केको, पवहरु, होलिडे क्याम्पहरु खुलेका कारण आगामी महिना समेत अर्थतन्त्र सुदृढ हुँदै जाने आँकलन गरे ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]