लण्डन । बेलायत सरकारले कोरोना नियन्त्रणका लागि आगामी १४ सेप्टेम्बरबाट ६ जना भन्दा बढीको सामाजिक जमघटलाई गैरकानूनी भन्दै प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री कार्यालय १० डाउन स्ट्रिटकाअनुसार पछिल्ला दुई दिनमा कोरोना संक्रमितको संख्या तीन हजारको हाराहारीमा पुगेपछि ६ जना भन्दा बढीको जमघटलाई गैरकानूनी घोषणा गरेको विविसीले जनाएको हो ।
दिनानुदिन कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या बढेपछि बेलायत सरकारले कडा कदम चाल्दै सामाजिक जमघटलाई सोमबारबाट गैरकानूनी घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालयकाअनुसार यो प्रतिबन्ध घरभित्र र बाहिर सवै क्षेत्रमा लागु हुनेछ । यो नियम पालना नगर्नेलाई प्रहरीले कम्तिमा १ सय पाउण्डदेखि देखि बढीमा बत्तिस सय पाउण्डसम्म जरिबाना गर्न सक्छ ।
तर त्यो प्रतिबन्ध विद्यालय, कार्यक्षेत्र, कोरोना सुरक्षित विवाह, अन्तिम दाहसंस्कार र व्यवस्थित खेलकुदमा भने यो लागु हुने छैन ।बिबिसीकाअनुसार केही छिनमा सरकारले यसबारेमा विस्तृत विवरण सार्वजनिक गर्नेछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते