लन्डन ।संयुक्त अधिराज्य बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख शरदराज आरन चार बर्षे कार्यकाल सकेर ‘सुटुक्क’ नेपाल फर्किएका छन । बेलायतस्थित नेपाली समुदायवीच घनिष्ट सम्बन्ध भएका आरन चार वर्षे कार्यकाल सकेर बिहीबार दिउसो नेपाल फर्किएको दुतावासले जानकारी दिएका हो । दुतावासका अनुसार कतार एयरवेजबाट आरन परिवारसहित नेपाल फर्किएका हुन् ।
उपप्रमुख आरनलाई विदाइ गर्न राजदूत डा. दुर्गाबहादुर सुवेदी विमानस्थल पुगेका थिए । कोभिड-१९ महामारीका अवस्था देखाउदै उनी ‘सुटुक्क’ नेपालस्थित परराष्ट्र मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्न गएका छन ।आरनले नेपाल पुगेपछि कोभिड-१९ का कारण अन्तिम समयमा नेपाल जाने टिकट लिनु परेकाले ‘भर्चुअल’ भेटघाट हुन नसकेको जनाएका छन । उनले बेलायत बसाईका क्रममा सहयोग गर्नेलाई धन्यवाद समेत दिएका छन ।
आरन सन् २०१६ मा तेजबहादुर क्षेत्रीको ठाउंमा जिम्मेवारी सम्हाल्न बेलायतस्थित नेपाली लन्डन दूतावास आएका थिए । नेपाली समुदाय राम्रो सम्बन्ध राख्न सफल आरनले कोभिड-१९ का कठिन परिस्थितिमा नेपाली समुदायलाई दुतावासका तर्फबाट सहयोग गरेका थिए ।आरन उपप्रमुखको जिम्मेवारीमा रहदा भूतपूर्व गोर्खा मुद्दामा संयोजनकारी भूमिका निर्वाह गरिरहेका थिए ।यद्यपी गोर्खा समस्या समाधान हुन बाँकी छ ।
उनको केही महिनाअघि कार्यकाल सकिएपनि कोभिड-१९ का कारण फर्कने समय थप भएको थियो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार