लन्डन ।संयुक्त अधिराज्य बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख शरदराज आरन चार बर्षे कार्यकाल सकेर ‘सुटुक्क’ नेपाल फर्किएका छन । बेलायतस्थित नेपाली समुदायवीच घनिष्ट सम्बन्ध भएका आरन चार वर्षे कार्यकाल सकेर बिहीबार दिउसो नेपाल फर्किएको दुतावासले जानकारी दिएका हो । दुतावासका अनुसार कतार एयरवेजबाट आरन परिवारसहित नेपाल फर्किएका हुन् ।
उपप्रमुख आरनलाई विदाइ गर्न राजदूत डा. दुर्गाबहादुर सुवेदी विमानस्थल पुगेका थिए । कोभिड-१९ महामारीका अवस्था देखाउदै उनी ‘सुटुक्क’ नेपालस्थित परराष्ट्र मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्न गएका छन ।आरनले नेपाल पुगेपछि कोभिड-१९ का कारण अन्तिम समयमा नेपाल जाने टिकट लिनु परेकाले ‘भर्चुअल’ भेटघाट हुन नसकेको जनाएका छन । उनले बेलायत बसाईका क्रममा सहयोग गर्नेलाई धन्यवाद समेत दिएका छन ।
आरन सन् २०१६ मा तेजबहादुर क्षेत्रीको ठाउंमा जिम्मेवारी सम्हाल्न बेलायतस्थित नेपाली लन्डन दूतावास आएका थिए । नेपाली समुदाय राम्रो सम्बन्ध राख्न सफल आरनले कोभिड-१९ का कठिन परिस्थितिमा नेपाली समुदायलाई दुतावासका तर्फबाट सहयोग गरेका थिए ।आरन उपप्रमुखको जिम्मेवारीमा रहदा भूतपूर्व गोर्खा मुद्दामा संयोजनकारी भूमिका निर्वाह गरिरहेका थिए ।यद्यपी गोर्खा समस्या समाधान हुन बाँकी छ ।
उनको केही महिनाअघि कार्यकाल सकिएपनि कोभिड-१९ का कारण फर्कने समय थप भएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते