लण्डन । बेलायत सरकारले कम आय भएका व्यक्तिहरुलाई कोरोना संक्रमणका कारण वा संक्रमित व्यक्तिसित घुलमिल भएका कारण अनिवार्य रुपमा आइसोसनमा बस्न परेमा अतिरिक्त भत्ता दिन शुरु गरेको छ ।
यस योजनाको परीक्षण उत्तर पश्चिम इङल्याण्डमा मंगलबारदेखि शुरु गरिएको छ ।
नयाँ योजनाअन्तर्गत कम आम्दानी भएका व्यक्तिहरुले आइसोसेलनमा बस्नुपरेवापत दिनको १३ पाउण्ड दाबी गर्न सक्नेछन् । यस्तो सुविधा घरबाट काम गर्न नपाउनेहरुलाई मात्र दिइएको छ ।
यस योजनाअनुसार कोरोना भाइरस टेष्टमा पोजिटिभ देखिएका जागिरे वा स्वरोजगारहरुले १० दिन आइसोसनमा बसेवापत १३० पाउण्डसम्म पाउन सक्नेछन् भने घरका कोही सदस्य कोरोना संक्रमित भएका कारण आइसोसेलनमा बस्न परे १८२ पाउण्डसम्म दाबी गर्न सकिने छ ।
अहिले यो योजना ब्ल्याकवर्न, पेन्डल र ओल्डम क्षेत्रमा लागू गरिएको छ । यदि यी क्षेत्रमाहरुमा गरिएको परीक्षण सफल भएमा यो योजना इङल्याण्डका अन्य भागमा पनि विस्तार गरिने योजना रहेको बताइएको छ ।
स्वास्थ्य मन्त्री म्याट ह्यानककले एनएचएच टेष्ट एण्ड ट्रयासको सुझावका आधारमा सो योजना ल्याइएको बताए ।
उता यो योजना ठीक भए पनि पाउँदर अति कम भएको गुनासो गरिएको छ । म्यानचेष्टरका मेयर एण्डी ब्रनहमले आफूले हप्तौँदेखि आइसोलेसनमा बस्नेहरुलाई आर्थिक सहयो गर्नपर्छ भनेर माग गरिरहेको उल्लेख गर्दै अहिले दिन लागिएको सहयोग पर्याप्त भएको बताए ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार