लण्डन । विश्व प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयभित्र वर्षेनी आयोजना हुने कविता प्रतियोगितामा नेपाली मूलका मुकाहाङ लिम्बुले दुवै प्रतियोगिता जितेका छन् ।
अक्सफोर्ड युनिभर्सिटी पोइट्री सोसाइटीले यसवर्ष आयोजना गरेको मार्टिन स्टार्की र डार्ट पुरस्कार उनले हात पारेका हुन् ।
सोसाइटीका अनुसार लिम्बुको कविता ‘रिपब्लिक अफ म्याकारेल’ले मार्टिन स्टार्की पुरस्कार जितेको छ । यस्तै मिकेला कोपलेनको ‘माउण्ट निराकगोन्गो’ शीर्षकको कविताले दोस्रो र लुसी थाइनको ‘इट वजन्ट सो मच’ शीर्षकको कविताले तेस्रो स्थान पाएको छ ।
यस्तै, डार्ट पुरस्कारतर्फ लिम्बुको ‘बोइज स्मेल’ शीर्षकको कविता प्रथम भएको छ भने भेट सिगर्टको ‘आवर लेडी अफ ला ट्रिनिडाड’ दोस्रो र मिकेला कोप्लेनको ‘सम टाइम्स आफ्ट अ लङ डे एट वक आई प्रिटेन्ड आइएम अ प्राइज विनिङ पोनी’ ले तेस्रो पुरस्कार जितेको छ ।
अक्सफोर्ड विश्वविद्यालयको क्वीन्स कलेजमा अंग्रेजी र जर्मनका स्नातकका विद्यार्थी लिम्बुले दुवै प्रतियोगिता जितेवापत ५०० पाउण्ड नगद पुरस्कार जितेका छन् । यसका साथै उनका कविताहरु सोसाइटीको ‘द आस’ नामक म्यागाजिनमा पनि प्रकाशन हुनेछ ।
सो प्रतियोगितामा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुले भाग लिन पाउँछन् । प्रतियोगितामा मुकाहाङले पठाएका तीन कवितामध्ये दुई वटाले प्रथम स्थान पाएको छ भने तेस्रो कविता पनि ‘सर्ट लिष्ट’मा परेको छ ।
वीनेपालीसित कुरा गर्दै उनले बोइज स्मेल कवितामा गोरखा सैनिक परिवारको विषयवस्तु समेटिएको बताए । ‘मेरा हजुरबुबा गोरखा हुनुहुन्थ्यो । मैले कवितामा ब्यारेकको जीवन, नेपाल यात्राका बारेमा लेखेको छु’ उनले भने।
यसअघि स्कुल तहमा अध्ययनरत रहँदा नै उनी सन्डे टाइम्सको ‘योङ राइटर्स’को सूचीमा परिसकेका उनको कविता चारवटा कविता संग्रहमा प्रकाशित भइसकेको छ । उनको एकल पुस्तक भने प्रकाशन भइसकेको छैन ।
उनकी आमा रीना सुनुवारले छोराको पढाइका लागि आफूले गरेको कठोर परिश्रमलाई छोराको सफलताले बिर्साएको बताइन् ।
अंग्रेजी साहित्यमा रुचि राख्ने मुकाहाङको कविता मनपर्ने विधा हो। उनी कुन कविबाट प्रभावित छन् त भन्ने प्रश्नमा उनले धेरैजनाबाट प्रेरणा पाएको बताए । केहीको नाम लिन गरेको आग्रहमा उनले ओसन इभोङ, फ्रान्क ओ हारा र म्यारी जिमजान्डसलाई सम्झिए ।
साहित्यिक र प्राज्ञिक विरासत नभएका र अहिले पनि नेपाली प्रष्ट बोल्ने मुकाहाङको यो सफलता छैन त गर्व गर्न लायक ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]