लण्डन । आफ्नै साथीको छोरीलाई यौन दुर्व्यहार गरेको अभियोगमा बेलायती सेनामा कार्यरत एक गोरखा सैनिकलाई साढे दुई वर्ष कैद सजाय भएको छ ।
स्थानीय विल्सायर टाइम्सका अनुसार ४४ वर्षीय कर्पोरल विनोद राईलाई ब्रिष्टोल क्राउन कोर्टले गत शुक्रबार सो फैसला सुनाएको हो ।
यसअघि जुरीले वार्मिन्स्टर निवासी राईले एक १३ वर्षीय बालिकालाई यौन दुर्ब्यबहार गरेकोमा दोषी ठहर गरेको थियो ।
विल्सायर टाइम्सका अनुसार गत जुलाई १९ मा राई रेलवे स्टेशनमा छोरी लिन गएका थिए । सो क्रममा उनले सो बालिकालाई पनि लिएर आएका थिए । घर आइपुगेपछि उनले कारको यात्रु तिरको ढोका खोलेर दुर्व्यबहार गरेको बताइएको छ ।
राईलाई ती बालिकालाई स्टेशनबाट ल्याउन उनका अभिभावककले अनुमति नदिएको बताइएको छ ।
राईले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]