सिन्धुपाल्चोकको बाढीपहिरो पीडितलाई चीनको सहयोग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाढीपहिरो पीडितलाई चीनले सहयोग गर्ने भएको छ ।

चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुई/दुई सय थान तथा कम्बल पाँच सय थान दिने भएको हो ।
सो सहयोग सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका बाढीपहिरो पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँको विशेष पहलमा सो सामग्री दिन लागिएको हो ।
भोटेकोशी र बाह्रबीसेमा बाढीपहिराबाट बाटो अवरुद्ध भएपछि केही हप्ता पहिले न्यालमका समकक्षीसँग ढकालले सहयोग गरिदिन अनुरोध गर्नुभएको थियो । केही दिनमा ती सामग्री आउने चिनियाँ पक्षबाट थाहा भएको छ । यी खाद्य सामग्रीले बाढीपहिराबाट विस्थापित परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ । न्यालम काउन्टीले सिन्धुपाल्चोकका लागि विभिन्न सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री