नयाँ दिल्ली । यूरोपियन युनियन (ईयू)ले दक्षिण एसियामा बाढी पीडितलाई सहयोग पु¥याउनका लागि १६ लाख ५० हजार यूरो प्रदान गर्ने बताएको छ । मानवीय सहयोगका लागि प्रयोग हुने उक्त रकम खासगरी नेपाल, बङ्गलादेश र भारतमा प्रयोग हुने ईयूले जनाएको छ ।
इयूले मेमा भारत र बंगलादेशलाई तहसनहस पार्ने चक्रवात एम्फान लगायतका प्रकोपबाट प्रभावित परिवारहरूलाई सहयोग पु¥याउन यस बर्षको शुरुमा घोषणा गरिएको १८ लाख यूरोसहित इयूले दक्षिण एशियाली राष्ट्रका प्रकोप पीडितलाई कूल ३४ लाख ५० हजार यूरो उपलब्ध गराएको छ ।
विज्ञप्तिमा दक्षिण एशियामा यसवर्ष बाढीले करिब १ एक करोड ७५ लाख व्यक्तिलाई घरविहीन बनाएको छ भने उनीहरूले ठूलो मात्रामा चौपाया तथा खेतीजन्य भूमिको विनास गरेको छ । बाढी तथा आँधीका कारण सडक, अस्पताल र विद्यालयलगायत महत्वपूर्ण पूर्वाधारहरूमा पनि व्यापक क्षति पुगेको छ ।
“दक्षिण एशियामा मनसुनको वर्षा यस वर्ष विशेष गरी विनाशकारी भएको छ र यो अत्यावश्यक योगदानले हाम्रा साझेदार मुलुकमा आश्रय, सम्पत्ति र जीविकाको स्रोत गुमाएकाहरूलाई महत्वपूर्ण मानवीयस हयोग पुर्याउने विश्वास ईयूले लिएको छ,” एशिया तथा प्रशान्त क्षेत्रका लागि ईयू पर्यवेक्षक ताहीनी थम्मनगोदाले भन्नुभयो ।
“सबैभन्दा बढी प्रभावित देशहरूमा ध्यान केन्द्रित गर्दै, हामी मानिसहरूलाई यस कठिन समयबाट बाँच्नका लागि साधनहरू प्रदान गर्दैछौं ताकि उनीहरू सकेसम्म चाँडो आत्म निर्भर बन्न सकून्,” ताहीनी थम्मनगोदाले भन्नुभयो ।
कूल रकममध्ये १० लाख यूरो बङ्गलादेशमा अत्यावश्यक मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्न समर्पित हुनेछ, जहाँ २० लाख भन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोग, पानी, सरसफाइ, र आपतकालिन आश्रय चाहिएको छ ।
भारतमा खाद्यान्न तथा अन्य मानवीय सहायताका लागि अर्को पाँच लाख प्रयोग गरिनेछ ।
“प्राकृतिक प्रकोपबाट प्रभावित नेपाललाई खानेपानी तथा सरसफाई, आश्रयस्थल र अत्यावश्यक आधारभूत वस्तुहरूको आवश्यकताको समाधान गर्न प्रयोग गर्न १५ लाख यूरो प्रदान गरिने पनि उहाँले बताउनुभयो ।
यूरोपले प्राकृतिक प्रकोपबाट एक लाखभन्दा बढी प्रभावित हुने मुलुकमा मानवीय सहयोगका उक्त शीर्षक अन्तर्गत सहयोग गर्ने गर्छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश